'माओवादी नङ्ग्रा तथा दाह्रा लुकाएर आक्रमण गर्ने बाघ हो'

जाजरकोट , मंसिर २६ - एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले माओवादीका कारण संविधान सभा असफल भएको बताएका छन् । 'संविधान निर्माण ढिलाइ हुनु र शान्ति प्रकृया तार्किक निष्कर्षमा पुग्न नदिने माओवादी नै हो,' उनले भने ।
जाजरकोटको सदरमुकाम खलंगामा एमाले जाजरकोट प्रथम जिल्ला प्रतिनिधि परिषदको आइतबार उदघाटन गर्दै उनले सहमतिको सरकार बनाउँछौ, संविधान निर्माण गर्छौं भनेर समय बर्बादी गर्ने र जनतालाई अन्यौलमा राख्न नमिल्ने बताए । 'अब सहमतिको सरकार बन्छ ,  संविधान पनि बन्छ,' उनले भने ।
ओलीले माओवादीको विश्वास नगर्न जनतालाई आग्रह गरे । '२ घण्टामा सरकार बन्छ भन्ने मुसाहरु कहाँ चुँई चुँई गर्छन्,'  उनले भने, 'माओवादी नङ्ग्रा तथा दाह्रा लुकाएर आक्रमण गर्ने बाघ हो ।'
माओबादीले जनतालाई अझै पनि आतकिंत पारेको आरोप लगाउँदै उनले संविधान सभा असफल भए पनि नेपाली जनता असफल नहुने उल्लेख गरे । नेपालको कुनै प्रकारको अतिवादी तानाशाही टिक्न नसक्ने भन्दै उनले लुटपाट र आतंक मच्चाउने माओवादी एक दिन खरानी भएर जाने चेतावनी दिए ।
माओवादीले विभिन्न स्थानमा जनसेनाको प्रयोग गरेर एमाले कार्यकर्ता माथि आक्रमण गर्ने गरेको आरोप लगाए । 'एमालेले जनतालाई उपकार गर्न नसकेपनि अपमान गर्न सक्दैन,' उनले भने । एअर डाईनास्टिकको हेलिकप्टरमा ओली आइतबार नै राजधानी फर्केका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out