गुगल गल्ली घुमाइमा समस्या

जर्मनीका केही घरधनीहरुले गुगलको स्टि्रट भ्यूमा आफ्नो घर देखिएको भन्दै उजूरी गरेका छन् । उनीहरुले गुगल गल्ली हर्ेर्ने क्रममा आफ्नो घरको समेत पर््रदर्शनीले चोरहरुलाई चौतारो साबित हुने भएकाले गुगलले आफ्ना घरहरु हटाउनुपर्ने उनीहरुको जोड छ ।
गुगलले भने स्थानीयबासीको यो मागलाई नाइँनास्ती गरेको भने छैन । उसले जसले आफ्नो गुगल स्टि्रट भ्यूमा देखियो भनेर गुनासो गरेका छन्, तिनको घरलाई धमिलो पारिदिएको छ ।हालै जर्मन सरकारले स्थानीयबासीहरुले रुचाएको खण्डमा गुगल भ्यूमा आफ्नो घर नदेखाउन सक्छन् भन्ने निर्ण्र्ाागरेयता केही जनताले चाहिँ गुगलको उछित्तो काढिने गरी विरोध गरिरहेका छन् । अहिलेसम्म २ लाख ५० हजारभन्दा बढी जर्मनहरुले गुगललाई आफ्नो घर धमिलो पारिदिन अनुरोध गरिसकेका छन् । उनीहरुले यो अनुरोध जर्मन सरकारले उक्त निर्ण्र्ाासुनाउनुअघि नै गरेको बीबीसीले जनाएको छ ।
यता गुगलका प्रवक्ताले चाहिँ मान्छेले आफ्नो गोपनीयताको अधिकार उपभोग गर्न पाउने हुनाले गुगलले पनि तिनको गोपनीयतालाई सम्मान गर्ने बताएका छन् । तर स्टि्रट भ्यूकै कारणले घरमा चोरी हुनु संयोग मात्र हुनसक्ने तर चोरलाई चौतारो नै नबनाएको उनको कथन छ ।
गुगल स्टि्रट भ्यू खिच्न थालेयता नै अनौठा घटनाहरु चित्रमा कैद हुन पुगेका छन् । जस्तो किः एक कार चालक नाङ्गै कारबाट निस्किरहेको खिचिएको छ भने झ्यालभित्र आफ्नो घरमा नुहाउँदै गरेकी महिलाको फोटोसमेत निस्किएको छ । अर्कोतर्फबच्चा जन्मिदै गरेको फोटो पनि खिचिएको छ । तर यस्ता घटनामा गुगलले चाहेर भएको नभई अकस्मात खिच्दाखिच्दै घटेको घटना भनी आफ्नो बचाउ गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out