सन्चिता लुइँटेलको खबर

चिसो खसेको हालैको एक साँझ दुई नेपाली हिरोइनले मुम्बइमा डिनर गरे र सँगै सपिङ पनि । अभिनेत्री ऋचा घिमिरे डेढमहिना युरोप घुमघामपछि पछिल्लो प्रोजेक्ट 'ब्रेकफेल'का लागि साउथ ब्लक पुगेकी थिइन जहाँ उनले प्रवास छिरेकी अर्की हिरोइन सन्चिता लुइँटेललाई भेटिन् ।
ऋचाका अनुसार सन्चिता यतिबेला सामान्य र ह्याप्पी दाम्पत्य जीवन जिइरहेकी छिन् रंगिन सहर मुम्बइमा । 'एउटी साधारण केटी भएर बाँचेकी छ ऊ' ऋचाले सुनाइन् 'टिपिकल हाउसवाइफ भएर बाँचेकी छे । उनीहरुको दाम्पत्य जीवन निकै सुखमय छ ।' हिरो निखिल उप्रेतीसँग विहे गरेर भारत छिरेकी सन्चिता यतिबेला साथीको बुटिकमा काम गर्छिन् र निश्चित पारिश्रमिक पाउँछिन् ।
सन्चिता घरको सबै काम गर्छिन । तरकारी किन्न बजार जान्छिन् । मीठो खाना पकाउँछिन् । यतिबेला भारतीय टेलिफिल्ममा लाग्न संघर्ष गरिरहेकी छिन् । आफ्नो टसन लुकले नेपाली सिनेमालाई आच्छु-आच्छु पारेकी सन्चिता यतिबेला निकै दुब्लाएकी छिन् । 'दुब्लाएर उनको साइज जिरो होइन कि माइनस जीरोजस्तै छ' ऋचाले भनिन् ।
राम्रो प्रोजेक्ट पाए नेपाल आएर फिल्म खेल्ने मुड पनि छ सन्चिताको । बरु निखिल नेपाल आउन चाहँदैनन् । भारतको दक्षिणी सिनेमाहरुमा स्थापित हुन संघर्ष गरिरहेका छन् निखिल । नेपाल आयो भने टर्चर हुने ठान्छन् उनी । 'फरक यतिमात्र हो' ऋचा भन्छिन् 'नेपाल हुँदा सेलिव्रेटी बनेका उनीहरु मुम्बइमा पुनः जिरोबाट सेलिव्रेटी बन्ने संघर्षमा छन् ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out