पूर्व प्रेमीको यौनाङ्गमा सियो रोपियो

टहरी, पुस ७ (नागरिक) - एक ब्राह्मण युवतीले पुराना दलित प्रेमीलाई सोमबार दिउँसो संवेदनशील अंगमा सियो रोपेर घाइते बनाएकी छन्। नयाँ प्रेमीको सहयोगमा मोरङ, लक्ष्मीमार्गकी सरिता आचार्यले खोटाङ रतन्छाका २६ वर्षीय गंगा विकको संवेदनशील अंगका पाँच ठाउँमा सियो रोपेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
सरिताले मोरङ्कै निरञ्जन ठाकुरको सहयोगमा इटहरीको चौरास्ता चोकबाट नियन्त्रणमा लिई दुई किलोमिटर दक्षिणतर्फको एकान्त स्थानमा लगेर सियोले रोपेको घाइते गंगाले बताए। सियो रोपेपछि एक घन्टासम्म बेहोस भएर प्रहरीको सम्पर्कमा आएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
उपचारपछि उनको अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। मेडिकल अफिसर रविन राईका अनुसार उनको पिसाब गर्न समस्या भएकाले सहज भएपछि डिस्चार्ज गरिनेछ।

'मिलापत्रको बहानामा दुईजना आएर रिक्सामा हालेर लगे र आक्रमण गरे,' उनले भने, 'आक्रमणपछि एक घन्टा बेहोस भएछु, पछि होसमा आएर आफन्त र प्रहरीलाई बोलाएँ।'

दुई वर्षदेखि सरिता र गंगाबीच प्रेम सम्बन्ध थियो। गंगाले सरितालाई एक महिनाअघि लक्ष्मीमार्गबाट खोटाङ भगाएर लगेका थिए। गंगाले सरितालाई खोटाङ् लागेको एक सातापछि निरन्जनले पुनः लिएर आएका थिए।

घटनामा संलग्न दुवैजनाको खोजी गरे पनि फेला पार्न नसकेको प्रहरीले जनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out