रामचन्द्र, माधव या झलनाथ?

संसद् अधिवेशनको तिथि निर्धारण हुनेबित्तिकै देशको भावी प्रधानमन्त्रीबारे व्यापक मात्रामा जिज्ञाशा प्रकट भएको छ।
कतिपयले माओवादी समर्थनमा झलनाथ खनाल प्रधानमन्त्री बन्ने विश्वास गरेका छन् भने कतिले वर्तमान लोकतान्त्रिक गठबन्धन कायम रहेर रामचन्द्र पौडेल नै प्रधानमन्त्री चयन हुनुहुने ठानेका छन्। केहीले भने प्रचण्ड र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नसक्ने अनुमान पनि गरेका छन्। वास्तवमा माधव नेपालपछि को प्रधानमन्त्री बन्नुहोला? यस सम्बन्धमा जयप्रकाश त्रिपाठीले गर्नुभएको विश्लेषण:
नेपाली राजनीतिकर्मीहरू जे खोज्छन् त्यो प्राप्त गर्न सक्दैनन् भन्ने कुराको पुष्टि बितेका छ महिनाभित्र प्रधानमन्त्री चयन गर्ने क्रममा भएका घटनाक्रम र त्यसको परिणामले गरेको छ। 'नेता'हरूले पहिले–पहिले भौतिक तथा आर्थिक विकासको कुरा गर्थे, मुलुकका निम्ति आर्थिक तथा भौतिक विकास अहिले पनि एउटा सपनाकै रूपमा रहेको छ। उनीहरूले शान्तिको कुरा गरे, मुलुकबाट शान्ति झनै टाढिएको छ। 'नेता'हरूले संविधान बनाउने घोषणा गरे, जसको सम्भावना अत्यन्त न्यून हुादै गएको छ। यस्ता सबै कुरा छाडेर उनीहरू रिक्त प्रधानमन्त्री पदमा कसैलाई चयन गर्न दिलोज्यानले लागिपरे, तर त्यही एउटा प्रधानमन्त्री चयन कार्य पनि छ महिनादेखि उनीहरूले गर्न सकेनन्। संसद्को यही पुस २५ गतेदेखि सुरु हुने अधिवेशनको क्रममा प्रधानमन्त्री चयन हुने आशा त गरिएको छ, तर त्यो पनि त्यति सहजै सम्पन्न हुने स्थिति भने बनेको छैन। प्रधानमन्त्री पदका सबैभन्दा ठूला आकाङ्क्षीका रूपमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालको नाम लिने गरिन्छ। उता नेपाली काङ्गे्रसका नेता रामचन्द्र पौडेल त चुनावी मैदानमा भिडिरहनुभएकै छ। उहााले आफ्नो उम्मेदवारीलाई लोकतन्त्रको भविष्यसाग जोडेर हेर्ने गर्नुभएकोले खनाल र प्रचण्डलाई आफ्नो आकाङ्क्षा पूरा गर्न मुस्किल परिरहेको ठानिन्छ। नेता रामचन्द्र पौडेलले प्रचण्ड र झलनाथ खनाललाई संसद्मा आफ्नो उम्मेदवारीको विपक्षमा बहुमत नै पुर्‍याए पनि उम्मेदवारी फिर्ता नलिने जानकारी गराउनुभएको छ। प्रधानमन्त्रीले राजीनामा दिएर नयाा प्रधानमन्त्री चयन प्रक्रिया सुरु भइसकेपछि प्रधानमन्त्री नै चुन्न नसकी स्थितिलाई शुन्यमा पुर्‍याउन नहुने पौडेलको धारणा छ। त्यस्तो अवस्थामा मुलुकमा असामान्य स्थिति सिर्जना हुने र अधिनायकवादको जन्म हुनसक्ने पौडेलको ठम्याइ छ। त्यसैले झलनाथ र प्रचण्ड मिलेर बहुमत नै पुर्‍याए पनि रामचन्द्र पौडेलको उम्मेदवारी खारेज हुने संवैधानिक प्रावधान छैन। जहाासम्म नैतिक संकटको कुरा हो आफ्नो नैतिकताभन्दा लोकतन्त्र नै ठूलो हो भन्ने सोच पौडेलमा रहेको छ। पौडेलले यसरी अडान लिनसक्नुभयो भने उहाा नै प्रधानमन्त्री हुनहुने संभावना प्रवल छ। सम्भावित प्रधानमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईको पनि नाम लिइन्छ, तर माओवादी पार्टी नै उहााका प्रति अत्यन्त अनुदार भएको हुादा भट्टराई प्रधानमन्त्री बन्नुहुने सम्भावना तत्काल देखिएको छैन। उता शेरबहादुर देउवा पनि प्रचण्डसाग गुप्त लगनगााठो कसेर चौथोपटक प्रधानमन्त्री बन्ने कसरत गर्दै हुनुहुन्छ। यद्यपि नेपाली काङ्गे्रसले देउवालाई प्रधामन्त्रीमा प्रस्ताव गर्ने सम्भावना क्षीण मात्र छ। पदका लागि जोसाग जस्तोसुकै सम्झौता गर्न पनि तत्पर व्यक्तिका रूपमा परिचित देउवाले प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएमा पार्टी र प्रजातन्त्र पुनः थप सङ्कटमा पर्न सक्ने काङ्गे्रस नेताहरूले ठानेका छन्। सभापति सुशील कोइरालाले झापाका कृष्ण सिटौलालाई महामन्त्री बनाउन गर्नुभएको प्रस्ताव फिर्ता लिनुभएमा पार्टी केन्द्रीय समितिमा देउवाको पक्षमा बहुमत जुट्न असम्भव छ। तर, प्रचण्ड या झलनाथ खनाललाई प्रधानमन्त्री बन्न नदिन लोकतन्त्र पक्षधर सम्पूर्ण शक्ति एकजुट भएको हुादा खनाल या प्रचण्डलाई बाटो छेक्ने उद्देश्यले देउवालाई नै अघि सार्नुपर्ने अवस्था आयो भने कुनै आश्चर्य हुनेछैन। जसरी अहिले गैरमाओवादी कित्ताले नचाहेर पनि माधव नेपालजस्ता 'मेरुदण्डबिनाका व्यक्ति'लाई प्रधानमन्त्री स्वीकार गर्नुपरेको छ, त्यसैगरी देउवाको पक्षमा अचानक परिस्थिति बन्यो भने आश्चर्य मान्नुपर्ने छैन। तर, सामान्य अवस्थामा तत्काल देउवा प्रधानमन्त्री बन्न मुस्किल छ। झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने हठसहित माओवादी र काङ्गे्रसलाई सरकारको नेतृत्व दिन नहुने 'अडान' प्रस्तुत गर्दै हुनुहुन्छ। खनालको सहमतिको नारा आफैंलाई प्रधानमन्त्री बनाइदिन गरेको निवेदनभन्दा बढी केही नभएको जानकारी सिङ्गै मुलुकले पाइसकेको छ। यसअघि खनाल आफैंले अघि सारेको 'राष्ट्रिय सहमति'को नाराले उहाालाई प्रधानमन्त्री बन्न अवरोध पुर्‍याएको थियो भने अहिले पनि उहााको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना देखिादैन। बहुमतीय सरकारको नेतृत्व गर्ने इच्छा भए पनि त्यसो गर्न उहाालाई नैतिक सङ्कट पर्ने देखिन्छ। झलनाथ र नैतिकता एकै ठाउामा रहने कुरा होइन भनेर मान्ने हो भने पनि एमालेभित्रै उहााको पक्षमा निर्णय हुन मुस्किल छ। बहुमतीय सरकार त एमाले (माधव नेपाल) कै नेतृत्वमा छादै थियो नि भन्ने भावना एमाले नेता तथा कार्यकर्ताहरूमा देखिन्छ। आफू प्रधानमन्त्री बन्न नसक्ने अवस्थामा प्रचण्डको समर्थन झलनाथलाई हुनसक्ने पर्याप्त आधारहरू भने अहिले पनि छन्। तर, रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएर मैदान खाली नगरेसम्म झलनाथलगायत कोही पनि प्रधानमन्त्री बन्न वैधानिक बाटो खुला हुने छैन। काङ्गे्रसको बाटो छेकेर बसेका झलनाथ खनाललाई सहमतिको या बहुमतीय प्रधानमन्त्रीका रूपमा स्वीकार गर्न काङ्गे्रस तत्पर देखिादैन। रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिनुभयो र एमाले केन्द्रीय समितिले झलनाथको नेतृत्वमा सरकार गठन गर्ने निर्णय लिएको अवस्थामा माओवादीको समर्थनले उहाा प्रधानमन्त्री बन्न सक्नुहुने हो, जसको सम्भावना अत्यन्त न्यून मानिन्छ। बहुमतीय सरकारकै नेतृत्व गर्ने विषयमा एमाले केन्द्रीय समिति सकारात्मक हुन पुग्यो भने त्यस्तो अवस्थामा पुनः माधव नेपालको नाम अघि नसर्ला भन्न सकिन्न। एमालेले राष्ट्रिय सहमतिको भए झलनाथको र बहुमतीय भए माधव नेपालको नेतृत्वमा सरकार गठनका निम्ति पहल गर्ने निर्णय लियो भने चकित पर्नुपर्ने छैन। त्यस्तो निर्णय एमालेका निम्ति जायज र माधव नेपालका निम्ति न्यायपूर्ण मानिन सक्छ। त्यसैले माधव नेपालपछि पुनः माधव नेपालकै नेतृत्वमा नयाा सरकार गठन हुने स्थिति बन्यो भने त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने अवस्था छ। तर, एमाले केन्द्रीय समितिले रामचन्द्र पौडेलका पक्षमा निर्णय लिने इमानदारी देखायो भने पौडेल नै प्रधानमन्त्री बन्नुहुने पक्कापक्की छ। मधेसकेन्द्रित दलहरू पौडेलको पक्षमा उभिन तत्पर देखिन्छन्, उनीहरू गैरलोकतान्त्रिक कित्ताका प्रचण्ड र झलनाथलाई मतदान गर्ने मनस्थितिमा अहिलेसम्म देखिएका छैनन्।
कुनै तिलस्मीपूर्ण घटना भएन र माओवादीहरू रातारात बदलिएनन् भने राष्ट्रिय सहमतिको सरकार गठन असम्भव छ। बहुमतीय सरकार गठन गर्नुपर्ने अवस्थामा विद्यमान लोकतान्त्रिक गठबन्धन कायम राख्दै रामचन्द्र पौडेल नै प्रधानमन्त्री बन्नुहुने सम्भावना छ। पौडेलपछिको सम्भाव्य व्यक्ति माधव नेपाल देखिनुहुन्छ। तर, गैरलोकतान्त्रिक कित्ताको सरकार गठन हुने अवस्था सिर्जना गर्न झलनाथ सफल हुनुभयो भने उहाा नै प्रधानमन्त्री बन्नुहुने सम्भावना बढी छ। प्रचण्डको नेतृत्वलाई झलनाथसहित सिङ्गै एमालेले अस्वीकार गर्ने हुादा मधेसकेन्द्रित दलहरूको समर्थन पाएको अवस्थामा मात्र प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुने देखिन्छ, जसको समर्थन प्राप्त गर्न अत्यन्त कठिन छ। त्यसैले रामचन्द्र पौडेल, माधवकुमार नेपाल र झलनाथ खनाल क्रमशः सम्भावित प्रधानमन्त्रीका रूपमा देखिएका छन्। गिरिजाप्रसाद कोइरालाको देहावसानपश्चात् सही दिशामा हिाड्न थालेको विश्वास गरिएको नेपाली काङ्गे्रस फेरि चुकेको छ। लोकतन्त्र, शान्ति र लोकतान्त्रिक संविधानका पक्षमा काङ्गे्रस दृढतापूर्वक उभिन थालेपछि माओवादीमा समस्या, लोकतन्त्रका पक्षमा जनमत र काङ्गे्रस समर्थकहरूमा उत्साह बढेको थियो। काङ्गे्रसको अडानका कारण माओवादीले आफूमाथि तीव्र दबाबको महसुस पनि गरिरहेको ठानिन्थ्यो। लडाकु व्यवस्थापन, वाईसीएल ब्यारेकीकरणको अन्त्य, कब्जा गरिएका सम्पत्ति फिर्तालगायतका विषयमा काङ्गे्रसले अडान लिएपछि एमाले र अन्य दलहरूले समेत सोही मुद्दा उठाउादै माओवादीमाथि दबाब सिर्जना गरेका थिए। गत जेठ १४ गते कार्यकाल समाप्त भएपछि संविधानसभाको म्याद थप गर्न माओवादीले रचेको चक्रब्युहमा काङ्गे्रस फसेको महसुस गरिएको थियो भने यसपालि संसद्को बैठक बोलाउने सन्दर्भमा पनि काङ्गे्रस चुकेको देखिएको छ।
माओवादीहरू त्यसबेला संविधानसभाको कार्यकाल कम्तीमा एक वर्ष थप गर्न चाहन्थे, तर म्याद थपको पक्षमा अग्रसरता लिादा काङ्गे्रसले लडाकु, वाईसीइएल र लोकतान्त्रिक संविधान निर्माणलगायतका विषय अघि सारी विभिन्न सर्तहरू राख्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै माओवादीले औपचारिक रूपमा कार्यकाल थप नगर्ने निर्णय गरेर देखाइदियो। माओवादीको त्यस्तो निर्णय आएपछि काङ्गे्रसले जसरी भए पनि माओवादीलाई म्याद थपको पक्षमा ल्याउने तत्परता लियो र त्यसमा 'सफलता' पनि प्राप्त गर्‍यो। भोक माओवादीलाई लागेको थियो, तर उसले नखाने निर्णय गरेर देखाइदियो, काङ्गे्रसलगायतका दलले नखाने अडान लिएर बसेको भोको माओवादीलाई खुवाएरै छोडे। यसबाट फाइदा माओवादीलाई भयो कि लोकतन्त्रवादीलाई? स्पष्ट छ, त्यसको सम्पूर्ण लाभ माओवादीले मात्र उठाइरहेको छ। यदि त्यसबेला संविधानसभाको कार्यकाल थप नगरिएको भए माओवादी बदलिन बाध्य हुने निश्चित मानिन्छ। यसपटक माओवादीले संसद्को बैठक बोलाउन समावेदन गरे। झलनाथ खनालको समूहसहित एमालेलगायतका दलहरू उक्त समावेदनमार्फत बोलाइएको बैठकमा माओवादीलाई परास्त गर्न प्रतिबद्ध थिए। तर, प्रचण्ड र झलनाथको षड्यन्त्रमा फस्दै काङ्गे्रस पनि 'समावेदन' फिर्ता गराउने निष्कर्षमा पुग्यो र त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्‍यो। माओवादीले फिर्ता नलिएको भए पनि उनीहरू परास्त हुने निश्चित थियो। परास्त हुन दिइएको भए त्यसको राजनीतिक लाभ काङ्गे्रसलगायत माओवादीइतर कित्तालाई हुन सक्थ्यो। सम्झौतापश्चात् पनि प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री चयन, संविधान निर्माण र लडाकु व्यवस्थापनलगायतका विषयमा सहमति भएपछि मात्र संसद्को नियमित अधिवेशन बोलाइने निर्णय सुनाउनुभएको थियो। सरकारको यस्तो निर्णयले माओवादीमा व्यापक छटपटी पैदा गर्‍यो। प्रधानमन्त्रीले लिएको निर्णयमा काङ्गे्रसले अडिन सहयोग पुर्‍याएको भए माओवादी केही कदम तल झरेर सम्झौतामा आउन बाध्य हुन्थ्यो। तर, काङ्गे्रसले माओवादीमाथि दबाब सिर्जना गर्नुको सट्टा प्रधानमन्त्री माधव नेपाललाई पो संसद्को बैठक बोलाउन दबाब दियो। काङ्गे्रसले गरेको यही गल्तीले माओवादीलाई चलखेल गर्न सजिलो बनाइदिएको छ। कम्तीमा सरकार गठनमा काङ्गे्रसको नेतृत्वलाई स्वीकार गर्न बाध्य तुल्याएर मात्र संसद्को अधिवेशन बोलाउने निर्णयमा काङ्गे्रस पुग्नुपर्थ्यो भन्ने विश्लेषकहरूको धारणा छ। काङ्गे्रसले गरेको पछिल्लो गल्तीको परिणाम घोषित अधिवेशनकै क्रममा काङ्गे्रसलाई प्राप्त हुने ठानिएको छ। अनमिनको कार्यकालका विषयमा समेत काङ्गे्रस अस्पष्ट देखिएको छ। कुनै पनि हैसियतको अनमिन लोकतन्त्र र काङ्गे्रसभन्दा माओवादीकै हितमा हुने बुझ्दाबुझ्दै पनि काङ्गे्रसका नेताहरू अनमिनको कार्यकाल थप गर्ने पक्षमा किन पुगेका हुन्, बुझ्न सकिएको छैन। तर, जानकारहरूले यसलाई पनि काङ्गे्रसको त्रुटिका रूपमा लिएका छन्। एक समाचारअनुसार प्रधानमन्त्री नेपालले गत सोमबार राष्ट्रपतिसागको छलफलका क्रममा पनि आफूलाई काङ्गे्रस र झलनाथले दबाब दिएकोमा चित्त दुःखाउनुभएको थियो। नेपालको भनाइ थियो, 'म माओवादीमाथि दबाब सिर्जना गरेर उनीहरूलाई ठीक ठाउामा ल्याउन चाहन्थेा, तर काङ्गे्रस र झलनाथले त उल्टै मलाई पो दबाब दिए।' त्यस अवसरमा राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्रीलाई फेरि पनि सहमति बनाएरै अघि बढ्न सुझाउनुभएको थियो।
माओवादीले वर्तमान संविधानसभाको कार्यकाल पुनः थप गर्ने सोच बनाएको छ र उनीहरू आफू सत्तारुढ नभएसम्म संविधानसभाको अस्तित्व जोगाउन चाहन्छन्, सायद काङ्गे्रसले माओवादीको यो इच्छा पनि पूरा गर्नेछ र आफ्नो तथा लोकतन्त्र र मुलुकको भविष्य सङ्कटमा पुर्‍याउनेछ– विश्लेषकहरू यसै भन्दै छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out