प्लेव्वाई जोनको आँखा ब्रेकअप इभामाथि

लस एन्जल्स, मंसिर २१ - लागेको बानी छुट्दैन भनेझैं प्लेब्वाई गायक जोन मेयरले जति विवादित भए पनि सुन्दरीहरूमा आँखा गाड्न छाडेका छैनन् । एकपछि अर्को गर्दै सेलिबि्रटी सुन्दरीहरूसँग रोमान्स गर्नमा माहिर जोनले पछिल्लोपटक नायिका इभा लङ्गोरियाप्रति चासो देखाएको खुल्न आएको छ ।
स्रोतका अनुसार 'योर बडी इज अ ओन्डरल्यान्ड' गायक जोनले गत महिना पति टोनी पार्करबाट छुट्टएिकी इभासँग रोमान्स गर्ने दाउमा छन् । आफ्नो प्लेब्वाई चार्मद्वारा 'डेस्परेट हाउसवाइफ' स्टारलाई प्रेममा फसाउन गायक लागि परेको स्रोतले बतायो । 'इभाप्रति जोन क्रेजी छ,' स्रोतले भन्यो, 'पहिलेझंै डिभोर्स गरेका महिलाप्रति ऊ आकषिर्त हुन्छ ।' नायिकाले तीन साताअघि पार्करले विवाहेत्तर सम्बन्ध राखेको कारण दिँदै अदालतमा डिभोर्सका लागि निवेदन दिएकी छन् ।
ग्रामी अवार्ड विजयी अमेरिकी गायक जोनले भर्खर सिंगल भएकी ३५ वषर्ीया नायिका इभाप्रति आँखा गाड्नु सामान्य मानिएको छ । 'र्‍युमर ह्याज इट...' नायिका जेनिफर एनिस्टन र गायिका जेसिका सिम्पसनको आ-आफ्नो पतिसँग डिभोर्स भएपछि यी गायकले उनीहरूसँग रोमान्स गरेका थिए । त्यसैले डिभोर्स भएका सुन्दरीप्रति आकषिर्त हुने उनलाई इभाप्रति पनि चासो देखाएको दाबी गरिएको हो ।

गत वर्षको सुरुतिर पूर्वप्रेमिकाद्वय जेनिफर र जेसिकासँग रोमान्स गर्दा भएका गोप्य घटनाहरूबारे एक म्यागेजिनसँग मुख खुलाएपछि जोनको चारैतिरबाट आलोचना भएको थियो । सो विवादका कारण सामाजिक सञ्जाल टि्वटर चलाइराख्ने उनले आफ्नो अकाउन्ट बन्द गरेर सार्वजनिक समारोहबाट टाढै बसे । तर थप विवादबाट बच्न ट्याबलोइडबाट टाढिएका उनको प्लेब्वाई जीवनशैलीबारे गायिका टेलर स्विफ्टले 'डियर जोन' गीत लेखेपछि केही समय अघि फेरि विवादमा आएका थिए । 'फियरलेस' गायिकाको सो गीतले जोनले विवादबाट बच्न मुख बन्द गरेको भए पनि पुरानो जीवनशैलीलाई भने नत्यागेको खुलेको छ ।
प्लेब्वाई जीवनशैलीमै रमाइरहेका ३३ वर्षे जोनको आँखाले इभालाई खोजेको भए पनि 'ओभर हर डेड बडी' नायिका भने टोनीसँगको विवाह असफल भएकोले दुःख मनाइरहेको बताइएको छ । अदालतमा डिर्भोस प्रक्रिया सुरु भइसके पनि तीन वर्षअघि टोनीसँग विवाह गरेकी इभा फेरि एक्लो जीवनमा फर्किंदा बढी चिन्तित भएको स्रोतले बतायो ।
प्रकाशित मिति: २०६७ मंसिर २१ १२:०६

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out