देउवालाई प्रचण्डको ललिपप

काठमाडौं। विभिन्न राजनैतिक दल तथा प्रभावशाली नेताहरुलाई खेल्न खेलाउन खप्पिस माओवादी अध्यक्ष प्रचण्ड अहिले देउवालाई प्रधानमन्त्रीको उधारो आश्वासन दिएर प्रभावमा पर्ने जमर्कोमा जुटेका छन्।
उधारो प्रस्तावमा प्रभावित भइहाल्ने देउवाको स्वभाव माओवादीले नजिकबाट जानेका छन्। त्यसैले पनि माओवादीले देउवालाई गुलियो चटाएर आफ्नो अभिष्ठ पुरा गराउन चाहेको अटकल काट्न सकिन्छ। रामचन्द्रको उमेदवारी फिर्ताको माग बढिरहेको अवस्थामा काङ्गे्रसले एकमतका साथ उम्मेदवारी कुनै पनि हालतमा फर्ता नहुने बताउँदै आएको छ। यस्तो बेलामा नेपाली कांग्रेस भित्र प्रष्ट दुई गुट रहेको छनक पाएकै कारण देउवालाई प्रधानमन्त्रीको लालीपप देखाएको हो। माओवादीले पौडेलको उम्मेदवारी फिर्ता भएमा प्रधानमन्त्री पदमा देउवालाई समर्थन गर्न सकिने भनेर कार्ड फ्याँकेको छ। सो कार्डबाट हौसिएका देउवा पनि माओवादीको भनाइमा विश्वस्त भएर गृहकार्यमा लागेका छन्। माओवादीको आश्वासनपछि साँच्चै हौसिएका देउवा भित्री रुपमा पौडेलविरुद्ध लागेको यत्रतत्र चर्चापरिचर्चा हुन थालेको छ। सभापति कोइरालाले मनोनित उपसभापति र महामन्त्री पदमा आफ्नै मात्र मान्छेलाई प्रस्ताव गरेपछि आगो बनेका देउवाले दुईमध्ये एक पद आफ्नो पक्षकाले पाउनुपर्ने अडान राख्दै आएका छन्। उता सभापति कोइरालाले माओवादी षडयन्त्र र देउवाको चुरिफुरीलाई धुलोमा मिलाउने तरिका अपनाएर काङ्गे्रसको निर्णयमा कुनै तलमाथि नभएको बताउदै केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेर दुवै पक्षलाई चोटिलो जवाफ दिएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out