चार हिरोइन चारतिर

अहिले चल्तीमा रहेका चार हिरोइन रेखा, झरना, अरुणिमा र रेजिना सुटिङका लागि केही दिनदेखि राजधानीमा छन् काठमाडौं/ हाल चल्तीमा रहेका चारजना हिरोइन अचेल आफ्नो प्रेम सफल बनाउनका लागि निकै कस्सिएका छन्। आफ्नो प्रेम पाउन उनीहरूले गरिरहेको तड्प पनि हेर्न अनि सुन्नलायक छ । प्रेमकै मामलामा कोही नारायणघाट, कोही चितवन त कोही धम्पुस पुगेका छन् । एउटी हिरोइन त तिहारपछि पोखरामै डेरा जमाएर बसेकी छिन्। के विवाहित, के अविवाहित चारैजना हिरोइन प्रेमको नशामा गाँजिएका छन् । झरना थापा आफ्नो पहिलो प्रेम प्राप्त गरेरै छाड्ने अठोटमा धम्पुस पुगेकी छिन्। अर्की हिरोइन रेखा थापा पनि के कम, उनी पनि प्रेमकै सिलसिलामा नारायणघाटमा विलाप गरिरहेकी छिन्। अविवाहित, तर प्रेमको मामलामा भने अछूत नरहेकी नायिका रेजिना उप्रेती आफ्नो सपि्रएको प्रेमीको मायामा लीन हुन मुस्ताङ पुगेकी छिन् । त्यस्तै, अर्की नायिका अरुणिमा लम्साल के यो माया हो ? भन्दै आफ्नो अफेयर सफल बनाउने धूनमा तिहारपछिदेखि नै पोखरामा संघर्षरत छिन्। पछिल्लो समय निकै व्यस्तताका साथ बिताइरहेका यी चार नायिका साँच्चै प्रेम गर्न ठाउँ-ठाउँमा पुगेका भने होइनन्।
उनीहरू फिल्म सुटिङका क्रममा ती स्थानमा पुगेका हुन् । रेखा विजय थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म जब-जब माया बस्छको सुटिङका लागि तीन दिनअघि नारायणघाट पुगेकी हुन् । फिल्मको नामजस्तै भूमिकामा अभिनय गरिरहेकी रेखा नारायणघाट जानुअघि यही फिल्मको गीत सुटिङका लागि सिक्किम गएकी थिइन् । रेखा आफू अझै दुई साता नारायणघाट रहने बताउँछिन्। झरना भने रामजी लामिछानेको निर्देशनमा निर्माण भइरहेको पहिलो माया हो मेरोको सुटिङका लागि डेढ साताअघि पोखरा पुगेकी हुन् । मायाप्रेममा अटल विश्वास राख्ने आधुनिक युवतीको भूमिकामा अभिनय गरिरहेकी झरना गीतको छायांकनका लागि धम्पुसमा छिन् । पहिलोपटक पर्यटकीय स्थल धम्पुस पुगेकाले त्यहाँको वातावरण निकै रमाइलो लागेको बताउने उनी अर्काे साता मात्र राजधानी र्फकंदै छिन्। दसैँअघिबाट सुटिङ सुरु भएको फिल्म के यो माया होको सुटिङका लागि अर्की नायिका अरुणिमा लम्साल तिहारपछि पोखरामै छिन् । निकै भव्यताका साथ सुटिङ भइरहेको बताइने सो फिल्ममा वैवाहिक सम्बन्धविनै केटाकेटीसँगै बस्ने पश्चिमी मुलुकमा चलेको कथा उठाइएको बताइन्छ । हास्य रसमा निर्माण भइरहेको यो फिल्म आरामले खिच्ने पूर्वयोजनाअनुरूप छायांकन भइरहेको छ । सुदर्शन थापाले निर्देशन गरिरहेको यो फिल्ममा आफू नौलो भूमिकामा देखापर्न लागेको बताउँछिन्, अरुणिमा । धेरै दिनदेखि सुटिङका लागि पोखरामै बस्नुपरेकाले 'होम सिक्नेस' भएको बताउने उनी अझै केही दिन त्यहीँ रहनेछिन्। रेजिना उप्रेती तँ त साह्रै सपि्रस नि बद्रीको दुई गीत र केही सिन छायांकनका लागि आइतबार मुस्ताङ पुगेकी छिन् । सोभित बस्नेतको निर्देशनमा उनका भाइ जयकिसनले निर्माण गरिरहेको यो फिल्मको अधिकांश दृश्य काठमाडांैका विभिन्न स्थानमा छायांकन गरिएको थियो । फिल्ममा रेजिना जयकिसनको जोडी भई अभिनय गरेकी छिन् । उनी एक सातापछि मात्रै राजधानी र्फकने बताउँछिन्। केही समयअघिदेखि नेपाली फिल्ममा हिरोइनको अभाव खड्किरहेको छ । अहिले चल्तीमा रहेका हिरोइन एकपछि अर्का फिल्ममा व्यस्त छन् भने नयाँ आएका हिरोइनले पनि फाट्टफुट्ट फिल्म पाइरहेका छन् । अहिले सुटिङ भइरहेका अधिकांश फिल्म पनि माया-प्रेमकै सेरोफेरोमा घुमेका छन् । फिल्मको कथाका साथै नाम पनि मायामय नै छन् । एउटै र उस्तै खालका नाम भएकाले दर्शक झुक्किने क्रम पनि बढ्दै गइरहेको छ । तर, यी चारैजना हिरोइन आफूले गरिरहेको भूमिका निकै फरक भएको बताउँछन् । उनीहरूको अहिले गरेको दाबी कतिसम्म सत्य छ, त्यो भविष्यमा देखिहाल्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out