स्याङ्जामा एचआईभी संक्रमितको संख्या पन्ध्र सय नाघ्यो

प्रकाश डोटेल स्याङजा–१४, मंसिर
बिश्वमै तिब्र रुपमा फैलिदै गएको एचआईभी एडस रोगबाट स्याङ्जामा दुईसय ४५ को संख्यामा संक्रमितहरु भेटिएका छन् । जिल्लामा एचआईभी संक्रमित तथा प्रभावितको संख्या भने एकहजार पाँचसयको हाराहारीमा रहेको एचआईभी क्षेत्रमा क्रियाशील संघ÷संस्थाले दावी गरेका छन् । जिल्लामा क्रियाशिल संघ(संस्थामा स्वेच्छिक रक्त परीक्षणबाट संक्रमितहरु भेटिएका हुन् । जिल्लामा आधा ाम गर्दै आएको सकल्प सहयोग समुह स्याङ्जाका अध्यक्ष लक्ष्मण खाँणले भने, डरका कारणले रक्तपरिक्षण नगराउँदा संक्रमितहरुको बास्तविक संख्या यकिन हुन सकेको छैन् ।जिल्लामा एकसय ५५ महिला र ९० पुरुष संक्रमित भएका छन् । संक्रमित मध्ये २२ बालबालिका पर्छन् । एचआईभी एड्सबाट संक्रमित भएका १० जना औपचारिक रुपमा सार्वजनिक भएका छन् । स्याङ्जाका ग्रामीणक्षेत्रमा एचआइभी संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । रोजगारीका निम्ती विदेशिएका तथा सचेतनाको अभावले एचआईभी संक्रमितहरुको संख्या ग्रामीण क्षेत्रमा बढेको हो अध्यक्ष खाँणले भने, एचआईभी क्षेत्रमा क्रियाशिल संस्थाहरुले आफ्ना कार्यक्रम ग्रामीण क्षेत्रमा लैजानुपर्छ ।
एचआइभी नियन्त्रण तथा रोकथामका लागि आधा दर्जन सरकारी तथा गैरसरकारी संघ÷संस्थामा संक्रमितहरुको नाममा जिम्मेवार कर्मचारीद्धारा आर्थिक अनियमितता हुने गरेको संक्रमितहरुको आरोप छ ।
संक्रमितका लागि प्राप्त अनुदान रकम क्रियाशिल संस्थाबाटै हिनामिना हुने गरेको समय–समयमा आरोप लाग्दै आएको छ । कार्यक्रम संचालनको नाममा कार्यालयमै बिलभरपाई मिलाएर हिनामिना गर्ने गरेको आफ्नो नाम नलेखिदिने शर्तमा एकजना संक्रमितले बताए ।
आयु लम्ब्याउन सहयोग गर्ने अर्थात रोगबिरद्ध लड्न सक्ने क्षमताको बृद्धि गर्ने एन्ट्रिरेक्ट्रो भाइरल नामक औषधि जिल्लाका ४७ महिला र ४३ पुरुषले सेवन गरिरहेका छन् ।
बि।स १९८८ मा नेपालमा भेटिएको एचआईभि एड्स स्याङ्जामा भने २०६० सालमा फेला परेको थियो । २०६० पछि एचआईभीको प्रभावले जिल्लामा करिब ३० जनाको मृत्यू भइसकेको छ ।
बिगतका बर्षहरुमा आर्थिक अभावमा आवश्यक औषधी सेवनबाट बञ्चित हुँदा कालको शिकार बन्न बाध्य भएका थिए । पछिल्लो समयमा जिल्ला अस्पतालबाट समेत निशुल्क औषधी वितरणको व्यवस्था भएपछि संक्रमितहरुले राहत महसुस गरेको अध्यक्ष खाणले बताए ।
जिल्लाका २ नगरपालिका र ६० गाविस मध्ये एचआईभी एड्सबाट पुतलीबजार र वालिङ् नगरपालिकाका बजार क्षेत्र र गाविस तर्फ अर्जुनचौपारी, खिलुङ्–देउराली, श्रीकृष्णगण्डकी, पकवादी, रत्नपुर, कुवाकोट, चापाकोट, मालुङ्गा, थुमपोखरा, सिर्सेकोट, कालिकाकोट, पिडिखोला मुख्य जोखिमको सूचीमा छन् । स्याङ्जाको एउटै गाविसमा करिव २० जनासम्म संक्रमितहरु रहेको बताइएको छ ।
दर्जन संघ÷संस्थाहरुले एचआईभी एड्स रोगको रोकथाम र सेचतनाका कार्यक्रम संचालन गर्दै आएका छन् ।
एचआइभी एड्स संक्रमित भएको खुलासा भएमा समाजमा तिरस्कृत हुनुपर्छ भन्ने डर कायमै छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out