एचआइभी संक्रमितलाई माल्भिकाको साथ

माल्भिका सुब्बा एकमात्र नेपाली सेलिव्रेटी हुन् जो विश्व एड्स दिवसमा खुलेरै एचआइभी संक्रमितको पक्षमा उभिएकी छिन् । बुधबार विश्व एड्स मनाउँदै गर्दा 'गुडबाइ काठमाण्डू' अभिनेत्री भने साताअघिदेखि नै एचआइभी संक्रमितलाई माया र सद्भाव बाँडौ भन्ने भर्चुअल अभियानमा सरिक भैसकेकी थिइन् ।
यसका लागि उनले सोसल साइटको प्रोफाइल पिक्चस्रमा एचआइभी लोगो अंकित क्रस रिबन पोस्ट गरिसकेकी थिइन् । 'एचआइभी एड्सविरुद्धको लडाइमा सहभागि हुन आउनुस' माल्भिकाले लेखेकी छिन् ।
यतिबेला पूर्वमिस नेपालका सोसल साइट एड्स लोगोले राताम्य छन् । 'विश्व एड्सको दिवसमा एचआइभीबाट निधन भएका सबैलाई एकपटक स्मरण गरौं, उनीहरुको परिवार र हृदयलाई माया र सदभाव बाँडौ' माल्भिकाले विश्व एड्स दिवसका बारे मेरोसिनेमासँग भनिन् 'एचआइभी एड्ससँग जुध्नु अहिलेको प्रमुख चुनौति हो ।'

आफ्ना हजारौं फ्यानहरुलाई उनले यसरी नै एड्स दिवसको सन्देश पठाएकी छिन् र प्रार्थना म्युजिक भिडियो पनि पोस्ट गरेकी छिन् । माल्भिका स्टारर चलचित्र 'गुडबाइ काठमाण्डू'को सुटिङ केहीसातामा सुरु हुँदैछ । जहाँ उनले एक गैरसरकारी संस्थाकी स्वयंसेवकको भूमिका निर्वाह गरेकी छिन् । कतै सिनेमामा उनको भूमिका मिलेर यी सुन्दरी यसरी विश्व एड्स दिवसको अभियानमा सरिक भएकी त होइनन् ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out