डिभोर्स : नो क्वेस्चन

धर्मा'को प्रेस मिटमा अभिनेत्री मनिषा कोइराला निकै प्रतिरक्षात्मक (डिफेन्सिभ मुड)मा प्रस्तुत भइन् । उनलाई थाहा थियो -पत्रकारले मलाई डिभोर्सको बारेमा सोध्छन् भनेर । अन्ततः त्यही भयो । पत्रकारले 'डिभोर्स हल्ला'को प्रश्न सोधेपछि मनिषाले जवाफ दिइन् -नो पस्रनल क्वेस्चन । आमा सुष्मा र सहयोगीले व्यक्तिगत प्रश्न नसोध्न भनिरहेका थिए । पस्रनल प्रश्न नसोध्ने शर्तमा मात्र पत्रकारले मनिषासँग प्रश्न राखे ।
धेरैपछि सार्वजनिक मिडियामा देखापरेकी मनिषा केही मोटाएकी थिइन । सिँउदोमा सिन्दुर थियो, अनुहारमा मन्द मुस्कान । जीउमा मुलायम सेतो खास्टो पनि । पत्रकारसँग सिनेमा गफमा निकै खुलेकी थिइन मनिषा । उनीसँग फोटो खिचाउन तछाडमछाड गरिरहेका थिए पत्रकारहरु । सायद खुट्टाको चोट निको भएकाले होला 'दिल से' स्टार सहजै हिँड्डुल गरिरहेकी थिइन् । मनिषासँगको थप कुराकानी विस्तृत अन्तवार्तामा पढ्न सक्नुहुनेछ ।
कुरा गरौं डेब्यु हिरो संयोग पोखरेलको । अमेरिकाको एक विश्वविद्यालयमा पत्रकारितामा स्नातक अध्ययन गरिरहेका संयोग पत्रकार सम्मेलनमा केही असहज देखिए । होस्ट तथा 'धर्मा' सल्लाहकार सुव्रत आचार्यले मन्तव्य राख्न भनेपछि नेपालीमा बोल्न संयोग केही अकमकाए । चिया टाइममा पनि संयोग पछाडितिर एक्लै उभिएका देखिन्थे किनकी हुनुपर्छ उनलाई सहजै मातृभाषामा कुरा गर्न कठिनाइ भएको ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out