अवार्ड हात पार्न १६ फिल्म भिड्दै

२५ विधामा वितरण गरिने अवार्ड हत्याउन डिजिटल प्रविधिमा बनेका १६ वटा फिल्म प्रतिस्पर्धामा उत्रिएका छन्
काठमाडौं/ छायाछवि फिल्म फेस्टिभलअन्तर्गत हुने सम्झना डिजिटल फिल्म अवार्डको मनोनयन बिहीबार सार्वजनिक गरिएको छ । विभिन्न २५ विधामा सर्वाेत्कृष्ट अवार्ड वितरण गरिने यस वर्षको अवार्डका लागि डिजिटल प्रविधिमा निर्माण भएका १६ वटा फिल्म सहभागी भएको आयोजक संस्थाका अध्यक्ष शान्तिपि्रयले बताएका छन् ।

यस वर्षको अवार्डलाई सम्झना डिजिटल फिल्म अवार्ड, डि सिने अवार्ड र राष्ट्रिय भाषाको चलचित्र अवार्ड समावेश गरी छायाँछवि फिल्म फेस्टिभ २०६७ मनाउन लापगएको बताइएको छ । सम्झना डिजिटल फिल्म अवार्डका लागि भिड्ने फिल्ममा कोही मेरो, दसगजा, दिलमाया, माया त माया हो, हिफाजत, आफ्नो मान्छे आफ्नै हुन्छ, कसलाई दिउँ यो जोवन, पहिलो पहिलो माया, भनिदेउ न माया गर्छु, गुरुदक्षिणा, फस्ट लभ, तिमी मात्र तिमी, द युगदेखि युगसम्म, कसम हजुरको, बसमा छैन यो मन र कन्यादान छन् ।
फिल्मकर्मीहरू मोहन निरौला, ओम प्रतीक, फिल्म तथा सञ्चारकर्मी विजयरत्न तुलाधर, सञ्चारकर्मी राजेश खनाल निणर्ायक रहेको अवार्डमा उत्कृष्ट फिल्मको मनोनयनमा आफ्नो मान्छे आफ्नै हुन्छ, दसगजा, हिफाजत, माया त माया हो र फस्ट लभ परेका छन् । त्यस्तै उत्कृष्ट निर्देशकको प्रतिस्पर्धामा आफ्नो मान्छे आफ्नै हुन्छबाट ऋषि लामिछाने, हिफाजतबाट ज्ञानेन्द्र देउजा, दसगजाबाट दयाराम दाहाल, फस्ट लभबाट सिमोस सुनुवार र कोही मेरोबाट आलोक नेम्वाङ मनोनयमा परेका छन् । उत्कृष्ट अभिनेताको मनोनयनमा भने दसगजाबाट राजेश हमाल, कोही मेरोबाट आर्यन सिग्देल, फस्ट लभबाट कर्मा, आफ्नो मान्छे आफ्नै हुन्छबाट विराज भट्ट र कसलाई दिउँ यो जोवनबाट दिलिप रायमाझी परेका छन् ।
उत्कृष्ट अभिनेत्रीको प्रतिस्पर्धामा रेखा थापा हिफाजत र आफ्नो मान्छे आफ्नै हुन्छ फिल्मबाट मनोनयन परेकी छिन् भने सञ्चिता लुइँटेल कोही मेरोबाट, पहिलो पहिलो मायाबाट युना उप्रेती र फस्ट लभबाट निशा अधिकारी परेकी छन् ।
१६ पुसमा राजधानीमा भव्य समारोहबीच वितरण गरिने अवार्डका अन्य विधामा उत्कृष्ट गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, संगीतकार, द्वन्द्व निर्देशक, सम्पादक, छायांकार, कथा, पटकथा, संवाद,चरित्र अभिनेता, चरित्र अभिनेत्री, बालकलाकार, हास्य कलाकार, खलपात्र, नवनायिका, नवनायक, नवनिर्देशक, सहअभिनेता र सहअभिनेत्री रहेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out