ग्लोबल मार्केटिङमा श्रीकृष्ण

नेपाली सिनेमामा ग्लोबल मार्केटिङको ग्राफ उक्लँदो अवस्थामा छ । पछिल्लो समय समुन्द्रपारका मुलुकहरुमा धमाधम बनिरहेका डायस्पोराले स्वदेशी चलचित्रको बजार फैलाउन मद्दत गरेका छन् । अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठ यसका अपवाद होइनन् । अभिनेत्री श्वेता खड्कालाई लिएर उनी 'कहाँ भेटिएला' स्क्रिनिङका लागि बिहिबार कोरियालीद्धिप उड्दैछन् ।
दक्षिण कोरियाको राजधानी सियोल र अर्को ब्यापारिक सहर पुसाङमा आफ्नो अघिल्लो प्रोजेक्ट 'कहाँ भेटिएला' प्रदर्शन गर्ने कार्यक्रम छ उनको । स्वदेशमा राम्रो समीक्षा बटुलेको श्रीकृष्ण र श्वेता स्टारर उक्त सिनेमा हालै अष्ट्रेलियाको सिड्नीमा प्रीमियर गरियो । त्यहाँस्थित डायस्पोरा दर्शकको आग्रहमा श्रीकृष्णले अष्ट्रेलियन सहरका अन्य थिएटरमा चलचित्र प्रदर्शन गर्दैछन् ।
युरोप, अमेरिका र आइल्यान्डमा पनि ग्लोबल मार्केटिङ गर्ने निर्धारित कार्यक्रम छ उनको । 'दक्षिण कोरियामा पहिलोपटक नेपाली चलचित्रको नियमित प्रदर्शन हुन लागेको हो' उनले भने 'राम्रो चलचित्र बन्यो भने स्वभाविक रुपमा ग्लोबल मार्केटिङमा त्यो अब्बल ठहरिन्छ ।'

अभिनेत्री श्वेता खड्का कोरिया उड्नुपर्ने भएपछि आगामी शुक्रवार रिलिज हुने चलचित्र 'हाँसिदेऊ एकफेर'मा उनको सहभागिता हुनेछैन । दसैंलगत्तै कोरिया जाने श्रीकृष्ण-श्वेताको योजना भएपनि पर्व, सुटिङ र साङघाइ एक्स्पोका कारण त्यो पुरा हुन सकेको थिएन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out