'राजतन्त्र गएको रिस पोख्न' पारसले सुजाताका ज्वाइँलाई पेस्तोल तेर्स्याए

काठमाडौं, मंसिर २७ (नागरिक)-गणतन्त्र घोषणा तथा कार्यान्वयन गर्ने तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको रिस पोख्न पूर्वयुवराज पारस शाहले शनिबार राति चितवनको जंगल रिसोर्टमा कोइरालाका नातिनीज्वाइँलाई पेस्तोल तेर्स्याएर दुव्यर्वहार गरेका छन्।
स्वर्गीय कोइरालाकी छोरी तथा उपप्रधानमन्त्री सुजाता कोइरालाका छोरीज्वाइँ रुबेल चौधरीलाई टाइगर्स टप्सको बारबाट बाहिर लगेर 'गणतन्त्र ल्याउने सबैलाई खत्तम गरिदिन्छु' भन्दै पारसले पेस्तोल तेर्स्याउनुका साथै केही राउन्ड हवाइफायर पनि गरेका थिए।
  हाल विदेश भ्रमणमा रहेकी सुजाताका काठमाडौंस्थित सहयोगीका अनुसार आतंकपूर्ण व्यवहार गरिरहेका पारसबाट रुबेलका साथीहरूले छुटाएर सुरक्षा दिएका थिए। ३६ वर्षीय रुबेलकी श्रीमती मेलानी कोइराला तथा चार वर्षीय छोरा मोहिन घटनाका बेला रिसोर्टको कोठामा थिए।
पारिवारिक स्र्रोतहरूका अनुसार रुबेल आफ्नी श्रीमती र छोरालाई लिएर केही साथीसँग बिदा मनाउन शनिबार बिहान भरतपुर विमानस्थल ओर्लेर गाडीमा चितवन राष्ट्रिय निकुञ्जभित्रको प्रसिद्ध टाइगरटप्स रिसोर्ट पुगेका थिए। उनीहरूलाई पारस त्यहीँ रहेको वा आउँदै गरेको थाहा थिएन।
रुबेल आफ्नी श्रीमती र छोरालाई कोठामा राखेर राति करिब नौ बजेतिर रिसोर्टको बारमा ओर्लिई साथीहरूसँग बसिरहेका बेला पारस आइपुगेका थिए। केहीबेर सामान्य औपचारिक कुराकानी हुँदाहुँदै पारसले रुबेललाई बाहिर जंगलमा घुम्न जाने प्रस्ताव गरेका थिए।
स्रोतका अनुसार भर्खर भेट भएका पारसले त्यसरी जंगल घुम्न जाने प्रस्ताव गरेपछि रुबेल हिच्किचाए। त्यसपछि पारसले रुबेलको कञ्चटमा पेस्तोल ताके। आफ्ना 'पितापुर्खाले आर्जेको मुलुकमा विदेशीले रजाइँ गरेको' भन्ने तितो पोख्दै पारसले 'गणतन्त्र ल्याउने सबलाई खत्तम गरिदिन्छु,' भनी धम्क्याएका थिए।
पारसले कञ्चटमा पेस्तोल राखेर ताकेपछि होटलका सुरक्षाकर्मी र रुबेलका साथीहरू आत्तिँदै रुबेललाई जोगाउन लागेपछि पारस रोकिएको स्रोतको दाबी छ। त्यसक्रममा पारसले केही हवाइफायर पनि गरेका थिए। रुबेलले आइतबार काठमाडौंमा परिवारजनलाई भनेका थिए, 'म धन्य बाँचेँ।'

इन्डोनेसियालगायत मुलुकको भ्रमणमा रहेकी उपप्रधान तथा परराष्ट्रमन्त्री सुजातालाई आइतबार अपराह्नमात्र बैंकक फोन गरी घटनाबारे जानकारी दिइएको थियो। उनले आफ्ना सहयोगीमार्फत कांग्रेस सभापति सुशील कोइराला, गृहमन्त्री भीम रावल, प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलगायतलाई घटनाबारे जानकारी गराएकी थिइन्।
रुबेलपरिवार आइतबार बिहान टाइगरटप्सबाट भरतपुरस्थित एउटा होटलमा सरेका छन्। स्रोतका अनुसार पारस भने आइतबारै राजधानी फर्किए।
घटनाबारे प्रहरीले कुनै औपचारिक जानकारी दिएको छैन। पीडितले कुनै पनि निकायमा गुनासो नगरेको प्रहरी स्रोतले जनाएको छ। गृह प्रशासनसम्बद्ध अधिकारीहरूले घटनाबारे आधिकारिक तवरमा बताउन सकेका छैनन्।
लन्डनमा अध्ययन गर्दाताकाको प्रेमसम्बन्धपछि बंगलादेशी नागरिक रुबेलले मेलानी कोइरालासँग काठमाडौंमा बिहे गरेका थिए। त्यसयता उनी प्रायः काठमाडौंमै बस्दै आएका छन्। सुष्मा कोइराला मेमोरियल ट्रस्टसँग सम्बद्ध भई काम पनि गर्दै आएका रुबेलले पनि घटनाबारे केही बोलेका छैनन्।
सिंगापुरको लामो बसाइपछि पारस हालैका दिनमा देशका विभिन्न धार्मिक थलो घुम्दै आएका छन्। चितवन पुग्नुअघि उनले धादिङमा एउटा त्यस्तै धार्मिक कार्यक्रममा सहभागिता जनाएका थिए।
अत्यधिक मद्यमान र धूमपान सेवनले मुटुमा समस्या देखिएपछि गत वर्ष अपर्झट अस्पताल भर्ना गरिएका पारसको मद्यपान नटुटेको स्रोतहरूले खुलाएका छन्। उनीहरूका अनुसार बढी मद्यपान सेवनपछि उनले राजतन्त्र गएको झोंक पोख्ने गरेका छन् र त्यस्तो बेला कहिलेकाहीँ उग्र बन्न पुग्छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out