पब्लिसिटीका नयाँ-नयाँ शैलीहरु भित्रँदैछन् नेपाली सिनेमामा । अपकमिङ चलचित्र 'स्वर'ले एकसातापछि प्रमोसनको नयाँ शैली अपनाउँदै मेची-महाकाली दौडाहा थाल्दैछ । पूर्वीथलो काँकडभिट्टादेखि सुरु हुने उसको प्रमोसन यात्रा पश्चिमको महाकाली हुँदै तालनगरी पोखरामा आएर टुंगिनेछ । दौडाहाका लागि तयार छन् निर्देशक प्रसन्न पौडेल, निर्माता सुरेश बलामी र संगीत वितरक । आगामी २६ गते राजधानीमा क्यासेट विमोचनपछि सुरु हुनेछ उसको यात्रा ।
माघ १४ मा रिलिज हुने सांगीतिक चलचित्र स्वरका कलाकार भने माघबाट दौडाहामा निस्कनेछन् । निर्देशक पौडेलका अनुसार डिसिएन सर्भर जडित पूर्वदेखि पश्चिमसम्मका थिएटरमा 'स्वर' टोली पुग्नेछ र स्थानिय पत्रकारसँग भलाकुसारी गर्नेछ । 'हामीले ती सबै ठाउँमा प्रेस मिट गरेर जानकारी पनि दिनेछौं' अघिल्लो साता निम्स कलेजबाट थालेको पब्लिसिटीबारे बताउँदै उनले भने 'ती ठाउँका मुख्य कलेजमा पनि पुगेर कन्सर्ट उराल्ने कार्यक्रम छ ।'
चलचित्रले साताअघिदेखि नै सबै थिएटरमा प्रमोसनल प्रोमो सार्वजनिक गरिसकेको छ । जिल्लाका मिडियामा पनि प्रोमो र गीतहरु वितरण गर्ने तालिका छ दौडाहा टोलीको । पब्लिसिटीका लागि नयाँ शैली आत्मसात गरेको जानकारी दिए निर्देशक पौडेलले । 'यो जमानामा पब्लिसिटी पनि मुख्य कुरा हो' उनले भने ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago