राजतन्त्र फाल्ने निर्णय मान्नैपर्छ भन्ने छैनः कटवाल

तीन नेताले कोठामा बसेर (राजतन्त्र फाल्न) गरेको निर्णय मान्नैपर्छ भन्ने छैन, यस्तो विषयमा जनताको मत बुझ्नु आवश्यक छ
मुलुकमा अशान्ति भएका वेला शान्तिको खोजी नगरी नेताहरु दलगत स्वार्थमा लागेका छन्
माओवादीले कांग्रेस र एमालेलाई युजफुल इडियट (उपयोगी बेवकुफ) बनाएका छन्, उनीहरूलाई पत्तै छैन
अब हुदाहुँदा माओवादी र राजावादी मिल्ने चर्चा चलाएका छन्, संसारमा कम्युनिस्ट र राजावादी मिलेर बस्न सक्दैनन्, यो त माओवादीको अर्को चाल हो
नयाँ पत्रिका
वीरगन्ज, १४ मंसिर
पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवालले राजतन्त्र फाल्ने संविधानसभाको घोषणामाथि प्रश्न उठाएका छन् ।
उनले 'तीनजना नेताले बन्द कोठामा बसेर गरेको निर्णय' मान्न कोही पनि बाध्य नहुने पनि बताएका छन् ।
जननिर्वाचित संविधानसभाले गणतन्त्र अनुमोदन गरेको साढे दुई वर्षपछि पूर्वप्रधानसेनापति कटवालले राजतन्त्र फाल्ने निर्णय मान्न कोही पनि बाध्य नभएको प्रतिक्रिया दिएका थिए । रिपोटर्स क्लब वीरगन्जले मंगलबार गरेको पत्रकार सम्मेलनमा कटवालले भने, 'तीन नेताले कोठामा बसेर गरेको निर्णय मान्नैपर्छ भन्ने छैन, यस्तो विषयमा जनताको मत बुझ्नु आवश्यक छ ।' स्मरणीय छ, कमल थापाको राप्रपा नेपालले पनि राजतन्त्र फाल्ने विषयमा जनमत संग्रह गर्नुपर्ने माग दोहोर्‍याउँदै आएको छ ।
कटवालले राजनीतिक दलका नेताहरू आफ्नो स्वार्थमा मात्र केन्दि्रत भएको आरोप पनि लगाए । 'मुलुकमा अशान्ति भएका वेला शान्तिको खोजी नगरी नेताहरू दलगत स्वार्थमा लागेका छन्,' उनले टिप्पणि गरे ।
उनले कांग्रेस र एमालेलाई माओवादीले आफ्नो रणनीतिमा नचाएको टिप्पणि पनि गरे । 'माओवादीले उनीहरूलाई युजफुल इडियट (उपयोगी बेवकुफ) बनाएका छन्, तर अरू ठूला दललाई पत्तै छैन ।'
राजनीतिक शब्दावली 'युजफुल इडियट' सोभियत संघका नेता भिआई लेनिनले चल्तीमा ल्याएका थिए । उनले कम्युनिस्ट शासनप्रति सहानुभूति राख्ने पश्चिमालाई युजफुल इडियट भनेका थिए । त्यस्ता 'इडियट' ले सोभियत संघ साँच्चै कति शक्तिशाली बन्दै छ भन्ने थाहा नपाई सहानभूति दर्शाउने गरेको लेनिनको मूल्यांकन थियो ।
पूर्वप्रधानसेनापति कटवालले नेपालमा कांग्रेस र एमाले राम्राराम्रा कुरामा भुल्ने बेवकुफ बनिरहेको टिप्पणि गरे । 'माओवादीले छानीछानी बेवकुफ बनाएका छन्, एकएक गरी सबै जालोमा पर्दै छन्,' उनले भने ।
कटवालका अनुसार माओवादीले राजावादीलाई पनि बेवकुफ बनाउन थालेका छन् । 'अब हुँदाहुँदा माओवादी र राजावादी मिल्ने चर्चा चलाएका छन्,' उनले भने, 'तर मलाई थाहा भएसम्म संसारमा कम्युनिस्ट र राजावादी एकै ठाउँ बस्न सक्दैनन्, यो त माओवादीको अर्को चाल हो ।'
उनले माओवाद संसारमै फेल भएको भन्दै नेपाली माओवादीलाई पनि सुध्रन सुझाब दिए । 'अरूलाई सुध्रन सल्लाह दिँदै हिँड्ने माओवादी आफै कहिले सुधि्रने ?' प्रश्न गर्दै उनले भने, 'समयअनुसार जो चल्दैन, त्यो आफै हराएर जान्छ ।'
माओवादी जनसेनाका कमान्डरले पार्टीको प्लेनममा सहभागी भएर शान्ति सम्झौतालाई चुनाैती दिएको भन्दै उनीहरूमाथि कारबाही गर्न सरकार अडिग हुनुपर्ने उनको भनाइ थियो । 'सरकार दह्रोसँग उभिनुपर्छ, अरन्तु, परन्तु, लेकिन, किन्तु भनेर पछि हट्न मिल्दैन,' कटवालले भने ।
कटवालले विश्वका विभिन्न मुलुकमा सेनाले प्रजातन्त्र खोसेको स्मरण गर्दै नेपाली सेना भने जहिले पनि प्रजातन्त्रको संरक्षक रहेको दाबीसमेत गरे । 'अन्य देशमा सेनाले कतिपटक प्रजातन्त्र मास्यो, नेपाली सेना भने जहिले पनि प्रजातन्त्रको रक्षक बन्यो,' उनले भने ।
कटवालले देशमा सबै जनताको चाहना र आकांक्षालाई समेटेर नेतृत्व गर्न सक्ने असल नेताको खाँचो भएको बताए, तर आफू भने अहिले राजनीतिमा सक्रिय नहुने उनको भनाइ थियो । 'म आर्मी अफिसरबाट भर्खर रिटायर्ड भएको छु, अहिले राजनीतिमा जाने कुनै योजना छैन,' उनले भने ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out