हिमानीको योजना

पूर्वयुवराज पारस शाह र उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीबीच चितवनमा भएको विवादपछि नेपालको राजनीतिमा एक किसिमको तरंग आयो। मिडियामा करबि एक साता पारस-रुबेल कहानीले ठाउँ पायो। अहिले पनि यदाकदा चर्चा भइरहेको छ। यस घटनाले पारसका पिता तथा पूर्वराजा ज्ञानेन्द्र चिन्तित भए भन्ने कुरा पनि नयाँ रहेन। तर, श्रीमती भएका कारण सबैभन्दा दुःखीचाहिँ हिमानी शाह भएकी रहिछन्। स्रोतका अनुसार, मदिरापानपछि 'बौलाउने' पारसलाई ठीक बाटोमा ल्याउने एक मात्र उपाय मदिरापानबाट मुक्त गराउनु हो भन्ने ठहरमा हिमानी पुगेकी छन्। टाइगर टप्स काण्डपछि भएको हिमानी ट्रस्टको बैठकमा हिमानीले संगीहरूलाई बताए अनुसार, अब चाँडै पारसलाई लिएर उनी खोटाङको हलेसी महादेव जानेछिन्। हलेसीमा गएर 'अबदेखि सार्वजनिक ठाउँमा मदिरा खान्न' भनेर हलेसी महादेवका अघि वाचा गराउने हिमानीले सोचेकी छन्।
हलेसी महादेवको दर्शन र मदिरा नखाने वाचापछि शाहहरूका इष्टदेवता दक्षिणकाली पुगेर वचनबद्ध गराउने योजना बुनेकी छन् हिमानीले। हिमानीका बुझाइमा पारसले सबैभन्दा मान्ने देवता हलेसी महादेव हुन्। यिनै महादेवका अघि मदिरापान गर्दिनँ भन्ने वाचा गरेपछि कसो नसुधे्रलान् त पारस!

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out