के पातली हुँदैमा स्तन साना हुन्छन् ?

प्रश्नः म २१ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको भर्खरै हो । मेरा श्रीमान् अहिले विदेशमा हुनुहुन्छ । म यो समस्याबाट विवाहपूर्व नै पीडित थिएँ । म अलि पातली छु । मेरा स्तन अति नै साना छन् । म यही समस्याले गर्दा खुला रूपमा कुर्ता र साडीमा हिंड्न सक्दिनँ । जहिले पनि मलाई फोम भएको ब्राको आवश्यकता पर्छ । फोम भएको ब्रा नलगाई हिँड्दा पटक्कै सुहाउँदैन । यो समस्याले गर्दा ममा आत्मविश्वासको कमी छ । के पातली हुँदैमा स्तन साना हुन्छन् ? स्तन ठूला र आकर्षक बनाउन के गर्नुपर्ला ? केही घरेलु उपाय बताइदिनुहुन्छ कि भन्ने आशा लिएकी छु ।
-मनि.
उत्तरः स्तन शिशुका लागि दूध बनाउन मात्र होइन, यौनका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो ।  किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ ।
स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूलेदेखाएका छन् ।

व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ । सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस (हार्मोन) हरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ । 

के पातली हुँदैमा स्तन पनि साना हुन्छन् ?

तपाईंले आफूलाई पातली भन्नुभए पनि तौल लेख्नुभएको छैन । शरीरको तौलअनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भए पनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ ।  हामी शरीरको Body Mass Index (BMI) कति हेरेर तौल सामान्य भन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं । सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति 'बोसो' छ नाप्छौं । यसलाई  Body Mass Index (BMI) भनिन्छ । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा 'मोटो' (obese) भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ । तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको द्यःक्ष् यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरैमात्र उतार-चढाव हुँदा स्तनमा परिवर्तन नदेखिन सक्छ ।

स्तन बढाउने उपाय

घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं ।

क्रिम प्रयोग गरेर स्तन वा मुन्टोको मालिसले स्तनको आकार बढ्ने दाबी गरिए पनि यसले 'स्थायी' रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ  र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले स्तनको 'कपको आकार' लाई परिवर्तन गर्दैन । विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । उत्पादनकर्ताको भनाइमा यस्ता मल्हमले सीधै स्तनको तन्तु तथा कोषमा कार्य गरेर त्यसको वृद्धि गराउँछ ।

हाल स्तन बढाउने विभिन्न किसिमका खाने चक्की विश्व बजारमा उपलब्ध हुन थालेका छन् । जडिबुटी पनि भएको दाबी गरिएका ती औषधि निर्माणकर्ताहरूको भनाइमा यसको सफलता निकै छ । जे सुकै दाबी गरिए पनि अमेरिकी FDA तथा  National Research Center for Women and Families जस्ता संस्थाले यस्ता कुरा प्रमाणित गर्न बाँकी नै छ । त्यसबाहेक स्तनको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । शल्यक्रिया एउटा अर्को प्रचलित उपाय हो । शल्यचिकित्साले नकारात्मक प्रभावबिना नै नतिजा दिन सक्ने दाबी गरिए पनि त्यसको दीर्घकालीन प्रभावका बारेमा यसै भन्न सकिने स्थिति भने छैन । शल्य चिकित्सा गरेर स्तनको आकार बढाउन सकिन्छ, तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ ।

तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । स्तन कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो । यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तैः थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्तनलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । श्रीमान्लाई तपाईंको स्तनका सम्बन्धमा कुनै गुनासो छैन भने यो एउटा राम्रो उपाय हुनसक्छ । स्तन सानै भए पनि त्यसले यौन सुख दिन दूध उत्पादन गर्न सक्छ । अन्तमा के भनौं भने आफ्नो तौल बढाउनतिर पनि ध्यान दिनुहोस् त्यसबाहेक प्रकृतिले दिएको स्तनको आकारमा सहज बन्ने प्रयास गर्नु बेस हुन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out