सचिनको कीर्तिमान तोड्न मुस्किल - रिचार्ड

नयाँदिल्ली/ पूर्व महान् अलराउन्डर भिभिएन रिचर्डले भारतीय स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरले टेस्ट तथा एकदिवसीय क्रिकेटमा बनाएको कीर्तिमान अन्य कुनै पनि ब्याट्सम्यानले तोड्न नसक्ने दाबी गरेका छन् । वर्तमान समयका ब्याट्सम्यानहरू सचिनको नजिक पनि नपुगेको उनको तर्क छ । दुई दशक लामो क्रिकेट यात्रामा सचिनले आफ्नो नाममा सबैखाले कीर्तिमान राखिसकेका छन् ।
'अहिले सचिनको कीर्तिमान कसैले तोड्न सक्ने देख्दिनँ,' रिचार्डले भने, 'जुन किसिमले उनी -सचिन) खेलिरहेका छन्, त्यो अचम्म तथा आश्चर्यजनक छ ।' टेस्ट क्रिकेटमा पहिलो ५०औँ शतक हान्ने ब्याट्सम्यानका रूपमा सचिनलाई आफूले हेरेको उनले बताए ।
'छिट्टै सचिनले टेस्टमा ५०औँ शतक बनाउनेछन्, सचिनको सो अविस्मणीय तथा ऐतिहासिक पारीको प्रतीक्षा गरिबसेको छु,' सचिनको प्रशंसा गर्दै रिचर्डले भने, 'यदि सो उपलब्धि उनले हासिल गरे इतिहासमै सचिनको नाम अमर हुनेछ ।' सत्तरी र असीको दशकमा रिचर्ड निकै प्रख्यात अलराउन्ड खेलाडीका रूपमा चिनिन्थे ।
रिचर्डका अनुसार अस्ट्रेलियाली कप्तान रिकी पोन्टिङ सचिनको नजिकमा छन् । तर, खेलमा एकरूपता दिन नसक्दा पोन्टिङ पनि पछाडि परेको उनको भनाइ छ । 'एक समय यस्तो पनि थियो, पोन्टिङले नै सचिनको कीर्तिमान तोड्ने जस्तो थियो, पछिल्लो केही समययता पोन्टिङ खराब र्फममा हिँडिरहेका छन्, सोही कारणले उनी निकै पछाडि परेका हुन्,' पोन्टिङको विश्लेषण गर्दै रिचर्डले भने, 'पोन्टिङपछि अन्य कुनै पनि ब्याट्सम्यान सचिनको आसपाससमेत छैनन् ।'
वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान रिचर्डले भने, 'सचिनको सफलताको पछाडि अनुशासन पनि हो, दुई दशकको क्रिकेट जीवनमा उनी विवादामा परेनन् ।' मानसिक तथा शारीरिक रूपले फिट भएकाले पनि सचिनले लामो समय क्रिकेट खेल्न सकेको रिचर्ड बताउँछन् । '३७ वर्षका भए पनि सचिनभित्र युवा अवस्थाकै जोश छ, वास्तवमा यो उमेरमा सन्न्यास लिनुपर्ने समय हो, तर सचिन झन् बलियो हुँदै गइरहेका छन्,' उनले भने, 'समयअनुरूप उनले आफ्नो ब्याटिङ शैली पनि परिवर्तन गरेका छन् ।' सचिनका साथै रिचार्डले भारतीय टोलीका अर्का सदस्य वीरेन्द्र सेहवागको पनि चर्चा गरेका छन् ।
स्थानीय टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उनले भने, 'मेरो विचारमा अहिले सर्वाधिक आक्रामक ब्याट्सम्यान सेहवाग हुन्,' सेहवागको ब्याटिङ शैलीबाट प्रभावित भएका रिचार्डले भने, 'सेहवागको आफ्नै ब्याटिङ शैली छ, जुन अन्य ब्याट्सम्यानमा छैन, क्रिजमा उभिँदा सेहवागलाई कुनै डर छैन, जस्तो बलरमाथि पनि खनिन सक्ने हिम्मत उनमा छ ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out