मुम्बइमा मनीषाको नयाँ वर्ष

स्मृति ढुंगाना, काठमाडौं, पुस १५- अभिनेत्री मनीषा कोइरालाले यसपालि नयाँ वर्ष मुम्बईमा मनाउने भएकी छिन्। काठमाडौंमा आफन्तसँग क्रिसमस मनाएर उनी नयाँ वर्ष मनाउन मुम्बई पुगेकी हुन्। शनिबारको नयाँ वर्षमा उनले मुम्बईमा आफ्ना पुराना घनिष्ट मित्रहरूसँग भेटघाट गर्दैछिन्। नयाँ वर्षमा उनी केही साथीसँग आफ्नै घरमा सामान्य खानपिन गर्नेछिन्।
आफ्नो चित्रकला प्रशिक्षणका लागि करिब १० दिनपछि काठमाडौं फर्किने उनको योजना छ। 'मलाई साथीभाइसँग घरैमा कार्यक्रम गर्न रमाइलो लाग्छ', बुधबार नागरिकन्युजसँग इन्टरनेटमा कुराकानी गर्दै उनले भनिन्- 'अझ फूल र मैनबत्तीको संयोजन मलाई धेरै मनपर्छ।'

नयाँ वर्षको कार्यक्रमसँगै उनी ढाकामा हुने चित्र प्रदर्शनी हेर्न पनि प्रतीक्षारत छिन्। आफूलाई मन पर्ने फोटोप्रदर्शनीहरू समेटिएको थाहा पाएलगत्तै उनी ढाका जान तयार भएकी हुन्।

माघ ३ देखि १० सम्म ढाकामा हुने किरणमान चित्रकारको एकल फोटो प्रदर्शनीको उदघाटन समेत उनले नै गर्नेछिन्। नेपाली फोटोग्राफरको एकल प्रदर्शनीमा बंगलादेशी कलाकारले समेत सहभागिता जनाउँदैछन्। विश्वका विभिन्न सहरमा आफ्नो प्रदर्शनी गरिसकेका किरणमानको यो ११ औँ प्रदर्शनी हो।

यसपटक उनले फोटो प्रदर्शनीको शीर्षक 'साझा नेपाल' राखेका छन्। यसअघि उनको 'अनभिलिङ रोयल नेपाल' नामक फोटो प्रदर्शनी अमेरिका, इङल्यान्ड, जापान, हङकङ र मस्को लगायतका ठाउँमा भइसकेको छ।
'मलाई फोटोग्राफीमा पनि इच्छा भएकोले यो प्रदर्शनी हेर्न उत्साहित छु,' मुम्बइबाट मनीषाले भनिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out