'गोर्खापल्टन' हिरो युरोपमा

'गोर्खापल्टन' सफलताको खुसी र प्रमोसनले प्रशान्त तामाङलाई यतिबेला एकछिन सुख छैन । 'गुड रिभ्यू'को खुसी साटासाट गर्न देश दौडाहापछि यतिबेला 'गोर्खापल्टन' स्टार युरोप पुगेका छन् । जहाँ उनले एकसाथ सिनेमा प्रमोसन र कन्सर्टहरु प्रस्तुत गर्नेछन् । स्वीटजरल्यान्ड, स्पेन, जर्मनी लगायत मुलुकका डायस्पोरामा पूर्वइन्डियन आइडलले 'गोर्खापल्टन' पब्लिसिटी गर्दैछन् । अर्को वर्ष सिनेमालाई युरोप पुर्‍याउने कार्यक्रम छ ।
प्रशान्तले आफ्नो सोसल साइटमा जनाएअनुसार 'गोर्खापल्टन'ले डीसीएनको बक्सअफिसमा १ करोड ८७ लाख कलेक्सन गरेको खबरको खुसियालीलाई स्वीटजरल्यान्डका नेपालीमाझ साटासाट गरेका छन् । 'वास्तवमा नेपाली र गोर्खाको म यति ऋणी छु कि त्यसलाई व्यक्त गर्न सकिरहेको छैन' अष्टनारायण हलमा हर्षका आँसु बगाएको स्मरण गर्दै उनले लेखेका छन् 'युरोपका नेपालीले फिल्म हेर्न चाहिरहेका छन् त्यो कुरा त म अहिले पुरा गर्न सक्दिन तर कन्सर्टले भने रमाइलो गराउन सक्छु ।' प्रशान्तले केही समयपछि अमेरिकामा सिनेमा प्रमोसन र कन्सर्ट पस्कने जनाएका छन् ।

प्रशान्त स्टारर 'गोर्खापल्टन' यतिबेला दुइ करोड नजिकको कलेक्सन दौडमा छ । मंगलबार उसले डीसीएनको बक्सअफिसमा सर्वाधिक कमाउने नेपाली सिनेमाको रेकर्ड कायम राख्यो । समीक्षकहरु प्रशान्तको स्टारडमका कारण 'गोर्खापल्टन'ले लोकप्रियता हासिल गरेको बताउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out