विष्फोटक डेटोनेटरसहित नेपाली माओवादी भारतमा पक्राउ

माओवादीलाई हतियार पुर्‍याउँथे:प्रहरी-
नयाँ दिल्ली, मंसिर १८ - भारतको राजधानी नयाँ दिल्लीमा ४ सय ९८ नन इलेक्ट्रिक डेटोनेटरसहित एक नेपाली पक्राउ परेका छन्। ठूलो परिणामको विष्फोटकसहित पक्राउ परेका लोकनाथ पन्त नेपाली माओवादी रहेको भारतीय मिडियाले जनाएका छन्।
भारतीय प्रहरीका अनुसार यति ठूलो परिमाणको विष्फोटकसहित माओवादी समातिएको यो पहिलो पटक हो। प्रहरीले समातिएकाप पन्त गुल्मीका रहेको समेत बताएको छ।
'अभियुक्त नेपालका माओवादीलाई हतियार उपलव्ध गराउने प्रमुखमध्येका एक हुन सक्छन्,' सेन्ट्रल डिस्ट्रक्टका कार्यवाहक डीसीपी जसलपाल सिंहले भने। उनका अनुसार कारल वागमा शुक्रबार समातिएका पन्त युपी या बिहार हुँदै नेपाल जाने तयारीमा थिए। उनले हरियानाको भिवानीबाट विष्फोटक नेपाल लैजाने तयारी गर्दै थिए।
इनिस्पेक्टर सतेन्द्र मोहनले अभियुक्त तीन दिनदेखि चाइना मार्केटमा बस्दै आएका थिए। प्रहरीले साँझ साढे ६ बजे उनलाई पक्रेको थियो। 'उनको व्यागमा एक मुठा तार भेटियो जुन एक्पोसिभ सेफ्टी फ्युज वायर रहेछ। यो विस्फोटकमा प्रयोग हुने गर्छ,' मोहनले भने, 'उनका ज्याकेटमा स्टिच लगाइएका थिए। खोज्दै जाँदा १ सय ५० डेटोनेटर ज्याकेटका खल्तीमा मात्रै भेटियो।' उनले लगाएको पेटीमा मात्रै ३ सय ४८ डेटोनेटर रहेछन्।
स्रोतका अनुसार पन्त सन् १९८५ देखि भारत रहँदै आएका थिए। सन् १९८९ मा उनको बुबाको निधन भएपछि नेपाल फर्केका थिए। त्यसपछि उनको नेपालका कम्युनिस्ट नेताहरुसँग सम्वन्ध बढ्यो। त्यसपछि उनले भारतबाट डेटोनेटर लगायतका हतियार भारतबाट उपलव्ध गराउँदै आए। उनलाई नेपालकै जंगबहादुर थापा नामका कन्ट्र्याक्टरले यो काममा लगाए। थापा पनि माओवादीलाई हतियार उपलव्ध गराउनेमध्येमा पर्छन्।
उनीसँग जफत गरिएको डेटोनेटर राजस्थानको लाइसेन्सप्राप्त उद्योगबाट ल्याइएको हुनसक्ने बताइएको छ।- एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out