समायोजनबारे सेनाको छुट्टै खाका तयार

काठमाडौं, २३ मंसिर
नेपाली सेनाले माओवादी लडाकु समायोजनको प्रारम्भिक खाका तयार पारेको छ । उसले लडाकुलाई व्यक्तिगत रूपमा मात्र सेनामा प्रवेश गराउने खाका तयार पारेको हो । नेपाली सेनाले लडाकुलाई सिपाही र सहयाक सेनानी (सेकेन्ड लेपटिनेन्ट) बाट मात्रै सेनामा प्रवेश गराउने प्रारम्भिक खाका तयार पारेको हो । तर, माओवादीले सेनामा समूहगत समायोजन हुनुपर्ने अडान राख्दै आएको छ । 
सेनाले आफ्नो खाका औपचारिक रूपमा सरकारलाई पेस भने गरेको छैन । मौखिक रूपमा भने सैनिक अधिकारीले प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्या भण्डारीलाई भेटेर आफ्नो खाकाबारे जानकारी गराएका छन् ।

माओवादीले अगाडि सारेको समायोजन मोडालिटी भने अस्वीकार गर्ने सैनिक अधिकारीहरूको आन्तरिक तयारी रहेको स्रोतले बतायो । माओवादीले लडाकु समायोजनका लागि तीनवटा मोडालिटी प्रस्तुत गरेको छ । सेनाको छुट्टै इकाइ गठन गरेर समायोजन गर्ने, नेपाली सेना र सशस्त्र प्रहरीको केही जनशक्ति लिएर लडाकुलाई त्यसमा समायोजन गर्ने र अहिले भएका सुरक्षा निकायमा लडाकुलाई समूहगत प्रवेश गराउने तीनवटा मोडालिटी माओवादीले अगाडि सारेको छ ।
नेपाली सेनाले भने माओवादी लडाकुलाई व्यक्तिगत प्रवेश गराएर छुट्टाछुट्टै ब्यारेकमा छरेर राख्ने खाका बनाएको छ । सैनिक स्रोतका अनुसार माओवादी लाडाकुको शिक्षा, जात र तालिम हेरेर छुट्टाछुट्टै ठाउँमा राख्ने सेनाको योजना छ । सेनाको देशभर पाँच ठाउँमा जातीय पल्टन छन् ।
माओवादी लडाकु भर्नामा उमेरको हदमा भने सेनाले लचिलो योजना बनाएको छ । सेनामा भर्ना हुन हाल १८ देखि २१ वर्षको उमेर पुगेको हुनुपर्ने प्रावधान छ । यही प्रावधानअनुसार समायोजन गरिएमा अधिकांश लडाकु अस्वीकृत हुनसक्छन् । तर, सेनाले ०५२ लाई उमेरको आधार बनाएर लडाकु भर्ना गर्न सकिने योजना बनाएको छ । यसरी समायोजन गरिएमा ०६७ सालसम्ममा लडाकुहरू नेपाली सेनामा प्रवेश गरेको १५ वर्ष पुगिसकेको हुनेछ । यो योजना लडाकुको हितमा रहेको सैनिक अधिकारीहरूको दाबी छ ।
यसैगरी सहायक सेनानीमा भर्ना हुन प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र सिपाहीका लागि आठ कक्षा पास गरेको हुनुपर्ने प्रावधान छ । सेनाले तयार पारेको व्यक्तिगत प्रवेशको खाकाअनुसार समायोजना गरिएमा अधिकांश लडाकु सिपाहीमा मात्र प्रवेशका लागि योग्य हुन्छन् । तर, सेनाले माओवादीमा प्रवेश गरेका भगौडा सैनिकलाई भने समायोजन गर्न नसकिने जनाएको छ ।
सेनाले लडाकुलाई प्रवेश गराएपछि ब्यारेकमा राख्नुअघि कम्तीमा दुई वर्ष अलग्गै राखेर तालिम दिने योजनासमेत बनाएको छ । लडाकुलाई तालिम नदिँदै सैनिक ब्यारेकमा राख्दा उनीहरू र सैनिकबीच घुलमिल हुन समस्या हुनसक्ने भन्दै सेनाले उनीहरूलाई छुट्टै राखेर तालिम दिने योजना बनाएको सैनिक स्रोतले बतायो । 'समयोजनपछि सबैभन्दा ठूलो समस्या सेना र माओवादी लडाकुबीच कसरी घुलमिल गराउने भन्ने समस्या रहन्छ,' एक उच्च सैनिक अधिकारीले भने ।
समायोजन भएका लडाकुको मिलटरी, शैक्षिक र सेवा परीक्षणलाई आधार बनाएर स्तर छुट्याउने र प्रकोप व्यवस्थापन, भिआइपी सुरक्षा, प्रति आतंकवाद, युद्धकला, सीमा सुरक्षा, फिल्ड क्राप्ट, रात्रि परेडलगायत तालिम दिइने पनि सेनाको योजनामा उल्लेख छ ।
सेना समायोजनबारे राजनीतिक दलहरूबीच सहमति हुन सकेको छैन । समायोजनमा कुन मोडेल अपनाउने र माओवादी लडाकुको कति संख्या समायोजन गर्ने भन्ने विषय अझै अन्योल छ । सैनिक अधिकारीहरूले भने सरकारलाई समयोजनमा सकभर डिडिआर (निःशस्त्रीकरण, विघटन, पुनस्र्थापना) पद्धति अपनाउन सुझाब दिएको स्रोतले बतायो ।
सेनाले रक्षा मन्त्रालयमा आफ्नो समायोजन खाका औपचारिक रूपमा नल्याएको रक्षामन्त्रीका प्रेस सल्लाहकार सुवास देवकोटाले बताए । 'अनौपचारिक रूपमा धारणा आएको हुनसक्छ, तर औपचारिक धारणा भने आएको छैन,' देवकोटाले भने । स्रोतका अनुसार प्रधानसेनापति छत्रमान गुरुङले प्रधानमन्त्री नेपाल र रक्षामन्त्री भण्डारीलाई भेटेरै सेनाको समायोजन खाकाबारे जानकारी गराएका थिए । भेटमा प्रधानसेनापति गुरुङले सेनाको सबै माफदण्ड पूरा गरेर व्यक्तिगत रूपमा माओेवादी लडाकुलाई सेनामा प्रवेश गराउन सकिने बताएको स्रोतका भनाइ छ ।
सेना समयोजन विशेष समितिअन्तर्गतको सचिवालयले पनि सेनाको समायोजन खाका माग्ने तयारी गरेको छ । 'समायोजनको विषयमा हामीले सेनाको पनि धारणा माग्ने तयारी गर्दै छौँ,' सचिवालय सदस्य डा. दीपकप्रकाश भट्टले बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out