क्रिसमस उत्साह

लस एन्जल्स (एजेन्सी), मंसिर २२ - क्रिसमस आउन अझै दुई साताभन्दा बढी बाँकी छ । सेलेना गोमेज भने अहिलेदेखि उत्साहित भइरहेकी छन् ।
क्रिसमसमा परिवारसँग धीत मर्ने गरी समय बिताउने यी गायिका/नायिकाको योजना छ ।
'अ इयर विदआउट रेन' स्टारले भनिन्, 'काममा जति व्यस्त भए पनि क्रिसमसमा म परिवारसँगै बस्छु ।' आमाले क्रिसमसमा काम गर्न अनुमति नदिएको खुलाउँदै उनले थपिन्, 'आमाले धेरै कुरा गर्न दिनुहुन्न, यस्ता पर्वमा काम नगर्नु तिनैमध्ये एक हो । 'मेक्सिकन मूलकी अमेरिकी गायिका सेलेनालाई फुर्सदमा खाना पकाउन मन लाग्छ । क्रिसमसमा किचेनमा उनको कौशल निखारिने सम्भावना छ । क्रिसमसमा उपहारहरू साटासाट गर्ने चलन भए पनि उनले परिवारबाट यसपालि त्यो अपेक्षा गरेकी छैनन् । 'मलाई आफू विश्वकै भाग्यमानी केटी हुँ भन्ने लाग्छ,' उनले भनिन्, 'त्यसैले क्रिसमसमा मैले केही चाहनुपर्छ जस्तो लाग्दैन ।' सेलेना 'ब्युटी विद ब्रेन' हुन् ।
प्रकाशित मिति: २०६७ मंसिर २२ ०८:४१

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out