सन् २०१० सकिन लागेको छ । बलिउडको आँखामा यो वर्ष निकै हलचलको वर्ष रह्यो । यो वर्ष थुप्रै स्टार र निर्देशकका सिनेमा बलिउडमा रिलिज भए । यी स्टारबाट दर्शकलाई निकै ठूलो आशा थियो तर दर्शकलाई निराश मात्र हाता लाग्यो ।
ऐश्वर्या राय, ऋतिक रोशन, अभिषेक बच्चन, संजयलीला भन्सालीजस्ता बलिउडका यी दिग्गजबाट फ्यानहरुले निकै ठूलो आशा राखेका थिए तर यिनका फिल्म बक्सअफिसमा फ्लप सावित मात्र भएनन् पानी समेत पाउन सकेनन् ।
रावण : अभिषेक र ऐश्वर्या स्टारर फिल्म 'रावण'बाट दर्शकले ठूलो आशा राखेका थिए । सबैलाई विश्वास थियो अभि-ऐश धमाल मच्चाउँछन् । फिल्मको प्रमोसन र प्रचारमा निकै पैसा खर्च गरियो तर फिल्मको डिब्बा पूर्णरुपमा गोलो भयो ।
काइट्स : राकेश रोशनद्धारा निर्देशित यो चलचित्रबाट पनि निकै ठूलो आशा थियो तर ऋतिक रोशन र मेिक्सकन ब्यूटी बारबरा मोरी स्टारर 'काइट्स' पनि कमजोर पटकथा र लचर निर्देशनले फ्लप भयो । बक्स अफिसमा यो फिल्म 'टाय टाय फिस' सावित भयो ।
एक्सन रिप्ले : एश्वर्या राय अभिनित तीन चलचित्रमध्ये यो वर्ष एकपछि अर्को क्रमशः रिलिज भए । जसमध्ये एक 'एक्सन रिप्ले' पनि थियो । सबैलाइ भरोसा थियो रावणको असफलतापछि ऐशले यो फिल्मबाट सफलता हासिल गर्छिन् तर त्यसो भएन । फिल्म पूर्णरुपमा फ्लप भयो ।
गुजारिस : एश्वर्या अभिनित यो वर्षको अन्तिम फिल्म 'गुजारिस' पनि पूर्णरुपमा फ्लप भयो । ऐश र ऋतिकको जोडी भएपनि फिल्म चल्न सकेन । फिल्म रिलिजपूर्व निर्देशक भन्सालीले ठूला-ठूला कुरा गरे तर फिल्मले कमाल गरेन । यसपछि उनको निकै आलोचना भयो ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago