हतकडी लगाएको पारसलाई हेर्न सर्वसाधारणको भीड

चाँदनी हमाल, भरतपुर, मंसिर २८- हतकडी लगाएको अवस्थामा पारसलाई हेर्न भरतपुर विमानस्थल र प्रहरी तालिमकेन्द्रअघि सर्वसाधारणको घुँइचो नै लाग्यो। पारस आएको चाल पाउने एउटै माध्यम हेलिकोप्टरको आवाज आकाशमा गुञ्जने बित्तिकै सर्वसाधारणह विमानस्थलको मूख्य गेट र तालिम केन्द्रको गेट अगाडि जम्मा भए।
सयौँको भीडबाटै पारसलाई कारबाही हुनुपर्छ भन्ने प्रतिकृया सर्वसाधारणले दिए। 'अझै पनि गोली हान्न नछोड्ने यस्तालाई हतकडी लगाएर बजार घुमाउनुपर्छ',एकजनाले भने। धेरैजनाले पारसलाई हतकडी लगाएर ल्याएको हेर्न आएको बताए।

साँझसम्म पनि उनीहरु पारस देख्न पाउने आशमा गेटबाहिर पर्खेर बसे। तर सर्वसाधारणको त्यो चाहना पूरा भने भएन्। संचारकर्मीलाई समेत झुक्याउँदै फिस्टेल एयरको हेलिकोप्टर थपक्क तालिम केन्द्रको चौरमा बस्यो।
सबैजना हात्ती आयो हात्ती आयो फुस्सा भनेझै बाहिरैबाट भित्र चियाउन बाध्य भए। तालिम केन्द्रभित्र संचारकर्मीलाई पनि प्रवेश नदिएपछि उनीहरु निरास भएर फर्के।
सर्वसाधारण मात्र होइन, राजा आऊ देश बचाऊ भन्दै राप्रपा नेपाल र पारसका आसेपासेको जमात पनि विमानस्थल र तालिमकेन्द्र वरपर दिउँसैदेखि तैनाथ थिए।
'पारस सरकारलाई स्वागत गर्न आएको' राप्रपा नेपाल चितवनका अध्यक्ष बद्री तिमल्सिनाले नागरिकसँग भने। अब नेताहरुले देश जोगाउन सक्दैनन् यिनै राजाले देश जोगाउँछन्' उनले संचारकर्मीसँग भने।
उनीसँग आएका युवादस्ताले पनि पारस सरकारको स्वागत गर्न जनताहरु आएको हो भने। उनीहरुपनि विमानस्थलमा पारसको दर्शन नपाएपछि तालिमकेन्द्र बाहिर पुगेर केहीबेर नाराबाजी गरेका थिए। तालिमकेन्द्र तथा भरतपुर वरपर कडा सुरक्षाका साथ सिविल र वर्दीधारी दुबै किसीमका प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ।
सरकार छ भने पारसलाई कारबाही गरेर देखाओस् -शशांक कोइराला
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शशांक कोईरालाले देशमा सरकार भए पारसलाई कारबाही गरेर देखाउन चेतावनी दिएका छन्। पारस आउनु अघि चितवन आइपुगेका उनले भरतपुर विमानस्थलमा संचारकर्मीसँग भने,' ,सरकार नै नभएजस्तो घटना भयो सरकार भए पारसलाई कारबाही गरोस्।
'आक्रोशित अवस्थामा भए पनि जंगलमा गोली चल्नु निन्दनीय हो उनको थप भनाई थियो- गोली चलाउनेलाई आम नागरिक सरहकै कानुनी सजाय हुनुपर्छ। 'आफन्तलाई वा सर्वसाधारण जो माथि पनि यस्ता घटना हुनु दुखदायी भएको बताउँदै उनले घटनाप्रति पार्टी संवेदनशील रहेको उल्लेख गरे।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out