'बहुलबाद' स्वीकार्य छैनः माओवादी

काठमाडौ, मंसिर १६ - उच्चस्तरीय राजनीतिक कार्यदलको बैठकमा माओवादीले 'बहुलबाद' आफूहरुलाई मान्य नहुने दाबी गरेको छ । बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा  माओवादी नेताहरुले बहुलबाद आफूहरुलाई मान्य नहुने दाबी गरेका हुन् । बैठकपछि माओवादी नेता देव गुरुङले नयां संविधान नवने पनि आफूहरुलाइर बहुलबाद स्वीकार नहुने बताए ।उनले भने, 'नयां संविधान बने पनि नबने /पनि माओवादी बहुलबाद स्वीकार गर्दैन, गरेका पनि छैनौं ।' तर यसअघि माओवादीका नेताहरुले आफूहरुलाई बहुलबाद स्वीकार हुने बताइसकेका छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेलले बहुलबादमा मात्र मुलुकको आर्थिक, सामाजिक उन्नति हुने भएको त्यसबाहेक अर्को बिकल्प नभएको दाबी गरे । उनले भने, माओवादीले बहुलवाद बाहेक अन्य उत्तम विकल्प दिनु पर्‍यो ?'

बैठकमा १८ वर्ष पुगेका नेपाली नागरिकलाई अनिवार्य सैन्य तालिम दिनु पर्छ भन्ने माओवादीको अडानमा पनि कांग्रेसले असहमति जनाएको छ । उसले मुलुकलाई आपतकालीन स्थितिमा सैन्य तालिम भएका नागरिकको आवश्यकता पर्ने दाबी गर्दै आएको छ । कांग्रेस र एमालेले मुलुकलाई सैनिकीकरण तर्फ उन्मुख गराउने नहुने तर्क राख्दै आएको छ । कांगेस नेता पौडेलले एक्काइसौं सत्ताव्दीमा नागरिकलाई सैन्य तालिम नभएको दाबी गरे ।
विगत लामो समयदेखि माओवादी, एमाले र कांग्रेसबीच १८ वर्ष पुगेका नागरिकलाई सैन्य तालिम दिने / नदिने विषयमा विवाद रहदै आएको छ । साथै माओवादीले नयां संविधानमा 'जनताको संघीय लोकतान्त्रिक गणतन्त्र' उल्लेख गर्नु पर्ने प्रस्ताव गरेको  थियो । कांग्रेस, एमालेले त्यो उल्लेख गर्न आश्वयक नरहेको दाबी गरको बताइएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता देव गुरुङको सहभागिता रहेको थियो ।
एमाले अध्यक्ष झलनाथ खनाल विदेश भ्रमण गएपछि नेता भरतमोहन अधिकारी र अग्नी खरेलको उपस्थिति रहेको  थियो । त्यसैगरी कांग्रेसबाट रामचन्द्र पौडेल र रमेश लेखकको सहभागिता रहेको थियो । जग्गाको हदबन्दी सम्बन्धमा छलफल हुने भनिए पनि समय अभावका कारण छलफल नभएको नेमकिपाका अध्यक्ष नारायणमान विक्च्छेले जानकारी दिए । कार्यदलको अर्को बैठक शुक्रबार बस्ने जनाइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out