नेपाल फर्किइन मनिषा

अभिनेत्री मनिषा कोइराला आफ्नो मुम्बइ बसाइ छोट्याएर आइतबार हतार-हतार काठमाण्डू फर्किएकी छिन् । मंगलबार हुने 'धर्मा'को पत्रकार सम्मेलन लगत्तैको प्रीमियर, प्रमोसन र देशब्यापी दौडाहाका लागि मनिषा बिहान स्वदेश फर्किएकी हुन् । उनी मंगलबारबाटै चलचित्रको प्रमोसनका लागि अभिनेता राजेश हमाल, निर्मात्री दुर्गा पोखरेल र नवनायक संयोग पोखरेललाई लिएर प्रमोसनमा निस्कने छिन् । आगामी शनिबार 'धर्मा' टीमले सिनेनगरी पोखरामा बृहत जमघट गर्दैछ ।

दुई साता लामो भारत बसाइमा मनिषाले गोवामा आयोजित फिल्म फेस्टिभलमा निर्णायकको भूमिका निर्वाह गरिन् । 'धर्माको प्रमोसनका लागि बसाइ छोट्याएर आएकी हुँ' काठमाण्डू टेकेपछि मेरोसिनेमासँग बलिउड अभिनेत्री समेत रहेकी मनिषाले भनिन् 'किनभने लामो समय कमब्याक भएको यो चलचित्रसँग मेरो भावनात्मक र राष्ट्रियताको पक्ष पनि गाँसिएको छ ।' चलचित्रमा मनिषाले एक नेपाली गृहणीको भूमिकामा आफूलाई प्रस्तुत गरेकी छिन् ।
दीपेन्द्र के. खनाल निर्देशित 'धर्मा'लाई आशावादी चलचित्रका रुपमा लिइएको छ । लामो समयपछि मनिषाको कमब्याकका कारणले पनि फिल्म प्रतीक्षित बनेको छ । मनिषा प्रमोसनमा लाग्ने भएपछि अभिनेता हमालले पनि आफ्ना सुटिङ स्थगित गरेर प्रमोसनमा मनिषालाई साथ दिनेछन् । नेपाल रिलिजपछिमनिषा डायस्पोरा प्रमोसनमा पनि उड्ने कार्यक्रम छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out