बलिउडमा सिगरेट बाइबाई

भारतीय चलचित्र उद्योगमा चुरोट पिउने कलाकारको कुनै कमी छैन । ‘चेन स्मोकर’देखि एक दुई खिल्ली चुरोट पिउनेहरू यहाँ प्रशस्त भेटिन्छन् । अजय देवगनदेखि शाहरूख खान र सलमान खानदेखि संजय दत्त सबैमा धूपमानको लत छ । तर पछिल्लो समयमा केही कलाकारले आफ्नो लतमा व्यापक सुधार गरेका छन् ।
स्वास्थ्य बिर्गने डरले अभिनेता ऋतिक रोशनले चुरोट नै पिउन छोडिदिए । दुई वर्षअघिदेखि चुरोट पिउन थालेका ऋतिकले सहकर्मी अजुर्न रामपाललाई पनि चुरोटको लतबाट छुटाउन सहयोग गरेका छन् । उनले चलचित्र गुजारिसको निर्माण ताका निकै चुरोट पिउँथे ।
कथाअनुसार चलचित्रमा उनले निकै चुरोट पिउनुपर्ने थियो । अचम्मको कुरा त के भने यतिबेला यदि कसैले उनलाई चुरोट पिउन आग्रह गर्छ भने उनले त्यो चुरोट हातमा लिन्छन् र भाँचिदिन्छन् ।
सन् २०१० को सुरुवातसँगै अर्का नायक अमिर खानले चुरोट पिउन छोडेका थिए । अभिनेता संजय दत्तले चुरोटको लत त छोडेका छैनन् तर बानीमा भने निकै सुधार ल्याएका छन् । जुम्ल्याहा सन्तानका पिता भएपछि दैनिक दुई पाकेट चुरोट पिउने संजयले यतिबेला दुईवटा मात्र चुरोट पिउँछन् । अभिनेत्री कोनकोना सेन शर्माले पनि चुरोट पिउन छोडेकी छन् ।
भरखरै बिहे गरेकी उनी दुई महिनाकी गर्भवती छन् । अर्की नायिका उर्मिला मातोडेकर त धूममानविरुद्धको अभियानमा नै लागेकी छन् । चेन स्मोकरको रूपमा परिचित अभिनेता अजय देवगणले गोलमाल-३ को छायाङ्कनका क्रममा एक गाउँमा चुरोट पिउँदा एक सय रुपियाँ जरिवाना नै तिर्नुपरेको थियो । एक गैर सरकारी संस्थाले उनले चुरोट पिउँदै गरेको तस्बिर लिएर स्वास्थ्य केन्द्रमा उजुरी गरेकेा थियो ।
चलचित्र लन्डन डि्रम्सको छायाङ्कनका क्रममा पनि अजयले अर्का नायक सलमान खानसँगै जरिवाना तिर्नुपरेको थियो । छायाङ्कन चण्डिगढमा भएको थियो । सार्वजनिक स्थानमा चुरोट पिएबापत शाहरूख खानले पनि चेतावनी पाइसकेका छन् । आईपीएल खेलको समयमा उनले चुरोट पिएका थिए ।रमाइलो शुक्रबारबाट
सन् १९७० को दशकमा बलिउडका अभिनेताहरूले ५५५ ब्रान्डको चुरोट अत्यधिक मात्रामा प्रयोग गर्थे । विज्ञहरूले कलाकारले चुरोट छोडे देशकै स्वास्थ्यमा फाइदा पुग्ने दाबी गरेका छन् । चलचित्रमा कलाकारले चुरोट पिएको देखासिकी गर्दै चुरोट पिउनको सङ्ख्या करोडौँ छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out