विस्तारित बैठक रमिता मात्र

weeklynepal–काठमाडौं । पार्टीभित्र देखिएको त्रिकोणात्मक विवाद समाधान गर्ने भनिएको माओवादी छैटौँ विस्तारित बैठक विवादको नयाँ बिउ रोपेर सकिएको छ। बैठकबाट शून्य उपलब्धि हासिल भए पनि केही नेताले मिश्रित परिणाम आएको प्रतिक्रिया दिएका छन्। तर, जे उद्देश्यका लागि बैठक बोलाइएको थियो, त्यसअनुसारको कुनै उपलब्धि नभएको भने माओवादीले स्वीकार गरेको छ। बैठकबाट केन्द्रीय स्तरमा मात्र रहेको असमझदारी गाउँस्तरसम्म पुर्याणएको छ। यसले पार्टीभित्र झन् भयानक रूप लिने खतरा स्वयम् माओवादी नेताहरूले नै औंल्याएका छन्।

विस्तारित बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईको फरक–फरक दस्तावेजलाई टुङ्गो लगाउनुका साथै राष्ट्रिय राजनीतिको भावी कार्यदिशा तय गर्ने भनिएको थियो। बैठकले यी दुवै विषयलाई निष्कर्षमा पुर्यााउन सकेन। माओवादीका एक केन्द्रीय नेताका अनुसार विस्तारित बैठक गुनासो पोख्ने र आरोप–प्रत्यारोपको थलो मात्र बन्यो। बैठक उपलब्धिमूलक नभएपछि सहभागी ६ हजारभन्दा बढी नेता तथा कार्यकर्ताको मुखमा बुझो लगाउन तीन शीर्ष नेताको फरक–फरक दस्तावेजलाई केन्द्रीय कमिटीमा छलफल गरेर टुङ्ग्याई एउटै दस्तावेज बनाउने भनियो। तर, केन्द्रीय कमिटीबाटै यी तीन फरक दस्तावेज विस्तारित बैठकमा पुगेकोले केन्द्रीय कमिटीबाट निकास निस्कनेमा दस्तावेजका प्रणेताहरू नै विश्वस्त छैनन्। गोरखाको पालुङटारमा एक सातासम्म चलेको विस्तारित बैठकले सहमतिको विषयलाई केन्द्रीय कमिटीबाट एउटा दस्तावेजमा समाहित गर्ने र त्यसमा बाँकी रहेका विमतिलाई महाधिवेशनमा लैजाने निर्णय गरेको छ। उपाध्यक्ष भट्टराईका अनुसार बैठकमा तत्कालीन प्रतिस्थितिसँग सामना गर्न आन्दोलनमा जानुको विकल्प नरहेको विषयमा एकता कायम भयो, बाँकी मुद्दा जहाँको त्यहीँ छन्। भट्टराईका अनुसार एकता, सङ्घर्ष, रूपान्तरणबारे छलफल भई अन्ततः एकताबाट एउटै प्रस्ताव बनाएर जान केन्द्रीय समितिलाई जिम्मा दिएको छ, केही मुद्दा त्यहीँबाट टुङ्गो लाग्छ, बाँकी महाधिवेशनमा जान्छ। भट्टराईनिकट एक पोलिटब्युरो सदस्यका अनुसार विवादित विषयलाई टुङ्ग्याउने जिम्मा केन्द्रीय कमिटीलाई दिने भनिए पनि त्यहाँ प्रतिवेदनका कुनै पनि मुद्दाको समाधान हुनसक्ने देखिँदैन। माओवादीका केन्द्रीय नेतासमेत रहेका देवेन्द्र पौडेलले भन्नुभयो, 'केन्द्रीय कमिटी हँुदै पार्टीभित्रका सबै विवादित विषय महाधिवेशनमा गएर मात्र टुङ्गिन्छ।' शान्ति, संविधान निर्माणमा जोड दिने र त्यसमा अवरोध आए विद्रोह गर्ने भन्नेमा सबै सहमत भएको हो,' भट्टराईनिकट नेता पौडेलले भन्नुभयो। आन्दोलनमा जानुपर्छ भन्नेमा सबै एकमत भएकोले आजभोलि नै बस्ने केन्द्रीय कमिटीको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छ। विस्तारित बैठकले पनि अन्दोलनका कार्यक्रम तोक्न केन्द्रीय कमिटीलाई जिम्मा दिएको थियो। त्यही जिम्मेवारीअनुसार बस्न लागेको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्नेछ। विस्तारित बैठकमा सहभागी एक ताम्सालिङ राज्यसमिति सदस्यका अनुसार पनि भट्टराईले विवादित विषय केन्द्रीय कमिटीमा लैजानुभन्दा सीधै महाधिवेशनमा लैजानुपर्नेमा जोड दिनुभएको थियो। उहाँले विस्तारित बैठकको हलबाटै महाधिवेशनको मिति तोकेर जान नेतृत्व तथा बैठकका सहभागीहरूसँग आग्रह गर्नुभएको थियो। तर, भट्टराईको प्रस्तावलाई बैठकका केही सहभागीले समर्थन जनाए पनि नेतृत्वको दबाबका कारण महाधिवेशनमा नभई केन्द्रीय समितिबाट मिलाउने र त्यहाँ बाँकी रहेका मुद्दालाई मात्र महाधिवेशनमा लैजाने निर्णय गरेको हो। बैठकमा अध्यक्षले प्रस्तुत गरेको दस्तावेजमा उपाध्यक्षद्वयले पूर्णरूपमा असहमति जनाउनुभयो। उपाध्यक्षले उठाएका मुद्दाको जवाफ दिए पनि अध्यक्षले आफूले गरेका गल्तीहरू स्वीकार गर्न नसकेको भन्दै कडा आलोचना गर्नुभएको थियो। उपाध्यक्ष भट्टराईले त अध्यक्षले प्रस्तुत गरेको दस्तावेजलाई मीठो तरकारीमा गोबर मिसिएको संज्ञा पनि दिनुभएको थियो। अध्यक्षको प्रतिवेदन रिमिक्स भएको भन्दै यसलाई स्वीकार गर्न नसक्ने प्रतिक्रिया दिनुभयो। अर्का उपाध्यक्ष वैद्यले अध्यक्षले इतिहासको ब्याज खान खोजेको आरोप लगाउँदै नेता तथा कार्यकर्तालाई लोभलालच देखाएर आफ्नो पक्षमा तान्न खोजेको आरोप लगाउनुभयो। आरोप–प्रत्यारोपमा सकिएको बैठकमा अन्य सहभागीहरूले पनि आरोप र प्रत्यारोपमा समय खर्चिएको सहभागीहरूको भनाइ छ। उनीहरूका अनुसार सबैले आफ्नो पक्षका नेताहरूको वकालत गरेका थिए, जसले पार्टीभित्र को कति शक्तिशाली भन्ने प्रस्ट पार्थ्यो। बैठकपछि अध्यक्ष दाहालले जारी गर्नुभएको विज्ञप्तिमा एकता, सङ्घर्ष, रूपान्तरणसहित एकता र क्रान्तिलाई निष्कर्षमा पुर्यािउने अभियानमा अन्तरजनवादको उन्नत अभ्यास भएकोले विस्तारित बैठकले पार्टी एकता बनाउने महत्त्वपूर्ण खजाना दिएको दाबी गर्नुभएको छ। तर, बैठकले विवाद समाधान गर्ने नभई सिर्जना गर्ने खजाना दिएको प्रचण्डइतर नेताहरूको तर्क छ। नेवाः राज्यसमितिका एक सदस्यले भने, 'जुन उद्देश्यले बैठकमा सहभागी भएका थियौँ त्यसअनुसारको उपलब्धि भएन, तर बैठकले कसको पक्षमा कति नेता तथा कार्यकर्ता रहेछन् भन्ने पुष्टि गर्यो ।' माओवादी नेता हरिभक्त कँडेल बैठकबाट मिश्रित उपलब्धि हासिल भएको बताउनुहुन्छ। भन्नुहुन्छ, 'बैठकले तीन नेताको फरक–फरक विचारले पार्टीलाई नयाँ उचाइमा लैजान सहयोग पुगेको छ। यहाँ छलफल भएको विषय महाधिवेशनसम्म पनि पुग्ने भएकाले त्यहाँ हुने छलफल र बहसले पार्टीलाई नयाँ गति प्रदान गर्छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out