माओवादी पार्टी फुट्न पनि सक्छः वैद्य

काठमाडौ, मंसिर २७ - माओवादी उपाध्यक्ष मोहन वैद्यले पार्टी क्रान्तिकारी हुनका लागि फुट्न पनि सक्ने बताएका छन् । 'आवश्यकता परे पार्टी फुट्न पनि सक्छ तर फुट्नुपर्छ भन्ने होइन,' वैद्यले आइतबार आफूनिकट 'समयबद्ध' पत्रिका विमोचन कार्यक्रममा भने, 'पुष्पलालजीले पनि पार्टी क्रान्तिकारी बनाउन फुटाउनुभएको थियो ।'
कार्यक्रममा उपाध्यक्ष वैद्य र सचिव सीपी गजुरेलले पालुङटार विस्तारित बैठकले जनविद्रोहका लागि 'म्यान्डेट' दिएको भन्दै अब त्यसैको तयारी गर्नेसमेत बताए ।

'पालुङटार बैठकले विद्रोहको दिशामा अघि बढ्न भनेको छ,' वैद्यले भने, 'बैठकले राष्ट्रिय स्वाधीनताको आन्दोलन अघि बढाउन भनेको छ ।' सचिव गजुरेलले प्रतिक्रान्ति रोक्न जनविद्रोह चाहिने बताए । 'अब जनविद्रोहले मात्र प्रतिक्रान्ति रोक्न सक्छ,' उनले भने, 'पालुङटार बैठकले जनविद्रोह तर्फ अघि बढौं भन्यो । अब हामी कार्यान्वयनको बाटोमा अघि बढ्छौं ।'
प्रकाशित मिति: २०६७ मंसिर २७ ०९:०६

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out