व्यवहारका सिकार

भक्ति शाह सेनामा भर्ती हुँदा उनका बुबाआमा मात्र होइन, सिंगो गाउँ खुसीले दंग थियो। अछामबाट सैनिक सेवामा छिर्ने उनी पहिलो युवती थिइन्। पदोन्नति भएर चार वर्षभित्रै अमल्दार र तालिमे सैनिककी गुरुसमेत भइन्। तर, उनको समलिंगी यौन व्यवहारलाई सेनाभित्र 'अनुशासनहीन' काम भनियो। र, १ साउन ०६४ मा निष्कासन गरयिो।
"अनैतिक सम्बन्ध राखेको आरोप लगाइयो," उनी भन्छिन्, "ब्यारेकभित्र कसैसँग मैले त्यस्तो व्यवहार गरेकी थिइनँ।" तालिमे सैनिकसँग 'अनैतिक' व्यवहार गरेको उनीमाथि आरोप लगाइएको थियो। तर, उजुरीमा भने सैनिक अनुशासन तोडेको मात्र उल्लेख गरयिो। उनले तालिम दिएका सैनिक क्याप्टेन र मेजरसमेत भइसकेका छन्। चार समूह पास आउट गरसिक्दा कसैको पनि त्यस्तो गुनासो नआएको दाबी गर्दै भन्छिन्, "मेरो पार्टनर ब्यारेकभित्र होइन, बाहिर थियो। सेनाको अनुशासन मलाई थाहा थियो, त्यसैले बाहिरै भेट्थेँ।"
सैनिक अदालतले ६० दिन थुन्ने र बर्खास्त गर्ने फैसला गर्‍यो। सर्वोच्च अदालतले पनि सोही फैसलालाई सदर गरेपछि उनी निराश छन्। "न्यायालयप्रति आश थियो, त्यो पनि टुट्यो," भक्तिको आरोप छ, "सैनिक मुद्दामा अदालत पनि निष्पक्ष हुनसक्दो रहेनछ।" उनलाई आफू निष्कासित भएको भन्दा बाबुआमा र सिंगो गाउँको खुसी खोसिएकामा दुःख छ। अहिले समलिंगी पार्टनरका साथ उनी काठमाडौँमा बस्दै आएकी छन्।  

बाराका राज हुसेन पनि ट्राफिक प्रहरीबाट निलम्बित छन्। सहकर्मी प्रहरी सईकी छोरीसँगको समलिंगी व्यवहारले उनीविरुद्ध अदालतमा मुद्दा छ। अनुसन्धानका क्रममा उनलाई हनुमानढोकास्िथत प्रहरी हिरासतमा पनि राखियो। तर, उनीविरुद्ध समलिंगी भएकाले होइन, उनकी यौन पार्टनरलाई अपहरण गरेको आरोपमा अभिभावकले मुद्दा दर्ता गरेका छन्। 

"सई सा'बकी छोरी र म तीन महिना सँगै बस्यौँ," २६ वषर्ीया हुसेन भन्छिन्, "पछि पक्राउ गरेर थुनाए।" पाँच वर्ष प्रहरी सेवामा बिताएकी हुसेनलाई गतवर्ष फागुनमा ट्राफिक प्रहरीले निलम्बन गरेको हो। नीलहीरा समाजले उनको मुद्दामा कानुनी सहायता गररिहेको छ। मुद्दा झूटो भएकाले अदालतबाट सफाइ पाउने र प्रहरीमा पुनःबहाली हुने उनको आशा छ।

भक्ति र हुसेनको भन्दा पृथक् छैन, काभ्रेकी सुशीला लामामाथि एकीकृत माओवादीले गरेको कारबाही। मध्यसंकटकालमा काभ्रे र सिन्धुलीमा विद्रोही मोर्चा सम्हालेकी उनी सांस्कृतिक अपराधको आरोपमा कारबाहीमा परनि्। अखिल क्रान्तिकारीबाट भूमिगत लामाले सेनाको सुराकी गर्नेदेखि युद्धका सामग्री ओसार्ने र युद्ध व्यवस्थापन गर्नेसम्मको काम गरे। त्यसबेला माओवादीले 'पार्टी नै सेना, सेना नै पार्टी' भन्ने नीति लिएको थियो। "पनौती, झुरझुरे र चौतारा आक्रमणमा झन्डै मरेकी थिएँ," उनी भन्छिन्, "जति गरे पनि समानताका लागि लडेको पार्टीले असमान व्यवहार गर्‍यो। त्यसैले मैले माओवादी परत्ियाग गरेँ।"

भएछ के भने, तेस्रोलिंगी लामा पुरुषसँग आकषिर्त हुने गरेको चर्चापछि सांस्कृतिक विचलनमा लागेको आरोप लागेछ। विकट ठाउँ र कठिन युद्ध मोर्चामा सरुवा गरएिछ। उनलाई अपमानित गर्ने गरी भ्रम फैलाइएछ। समलिंगी भनेर श्रमशिविरमा राख्ने निर्णय हुन लागेपछि उनी आफैँले ०६३ कात्तिकमा पार्टी परत्ियाग गरेको बताउँछिन्। "नीति-सिद्धान्त राम्रो भएर मात्र हुन्न। नेताहरूले जब समान व्यवहार गर्न सक्दैनन् भने त्यस्तो पार्टीमा किन बस्ने भनेर छाडेँ," उनी सुनाउँछिन्, "बन्दुक लिएर लड्नुभन्दा माओवादीभित्रै संघर्ष गर्न कठिन छ।"
दर्जनौँ माओवादी लडाकूहरू तेस्रोलिंगी र समलिंगी भएको लामाको दाबी छ। आफूले चिनेका केही युद्धमा मारएिको उल्लेख गर्दै उनी भन्छिन्, "लडाकू शिविरमा पनि धेरै समलिंगी छन्।" तेस्रोलिंगी र समलिंगीप्रति माओवादी नीति अनुदार रहेको उनी बताउँछिन्। मनीष यादवको जोडी पार्टीबाट निष्कासित हुनु त्यसको पछिल्लो उदाहरण भएको उनको भनाइ छ।
एसएलसी सक्दा नसक्दै भूमिगत उनी घर फर्केकामा आमाबुबा खुसी छन्। आमाबुबाले आफ्नो माओवादी परचियभन्दा तेस्रोलिंगी परचिय रुचाएको सुनाउँदै लामा भन्छिन्, "उहाँहरूलाई मप्रति अब कुनै गुनासो छैन।"
समलिंगी र तेस्रोलिंगीप्रति अनुदार समाजभित्रै उनीहरूको लैंगिक पहिचान र संवैधानिक अधिकारका बहस भने सुरु भएका छन्। दशकअघि नीलहीरा समाजजस्ता संघ-संस्थाको उदयले लैंगिक अल्पसंख्यकहरू खुल्न थालेका छन्। यौनिक अल्पसंख्यकप्रतिका भ्रमहरू तोड्नुपर्ने बताउँछिन्, तेस्रोलिंगी अगुवा भूमिका श्रेष्ठ। लैंगिक अल्पसंख्यकमाथि हुने विभेद र दुव्र्यवहार रोक्न सरकारीस्तरबाट पहल हुनुपर्ने रायका साथ उनी भन्छिन्, "नीतिगत निर्णयहरू कार्यान्वयन हुनु पहिलो सर्त हो।"
सर्वोच्च अदालतले ६ पुस ०६४ मा तेस्रोलिंगीको पहिचानसहितको नागरकिता दिन आदेश दिए पनि कार्यान्वयन हुनसकेको छैन। सर्वोच्चको आदेश कार्यान्वयन नगर्ने प्रशासनमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ।
लैंगिक पहिचान नहुँदा आफूहरू हाँसोको पात्र बन्नुपरेकामा श्रेष्ठको दुःखेसो छ। "मेरो नागरकिता ढाका टोपी लगाएको पुरुषको छ। तर, अहिले म तेस्रोलिंगी भएर खुलिसकेँ," उनी भन्छिन्, "शौचालय छिर्दा पुरुषकामा छिर्ने कि महिलाकामा ?  विमानस्थल प्रवेश गर्दा कुन ढोका प्रयोग गर्ने ? र्फमहरूमा लिंग के भर्ने ? अप्ठ्यारोमा पर्ने गरेका छौँ।"  
नीलहीरा समाजका अध्यक्ष एवं सभासद् सुनीलबाबु पन्तले विभेदका कारण लुक्न बाध्य यौनिक अल्पसंख्यकहरूले नयाँ संविधानमार्फत आफ्नो पहिचानको अधिकार पाउने दाबी गर्छन्। "लुक्न बाध्य थियौँ। अब विभेद र अन्याय नसहने प्रण गर्दै सार्वजनिक भएका छौँ," २३ मंसिरमा नेपालगन्जमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, "अब समाजले सहर्ष स्वीकार्नुको विकल्प छैन।"

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out