मन्दिरमा माओवादी राज

जबजब बाली लगाउने वा भित्र्याउने बेला हुन्छ, छिपखोलामा कम्युन चलाएर बसेका कार्यकर्ताहरू स्यालापाखा गाविस-५ र ६ मा छरएिको खेतमा केन्दि्रत हुन्छन्। कुटोकोदालो लिएर रुकुमको प्रख्यात धार्मिकस्थल डिग्रे मन्दिरको गुठी जग्गामा पुग्छन्। अहिले भने धान भित्र्याउने चटारो सकेर पनि उनीहरू छिपखोला फर्केका छैनन्। चिसो छल्ने बहानासमेत यही खेत बनेको छ, उनीहरूका लागि।
मन्दिरको गुठी जग्गामा माओवादी कार्यकर्ताले घर-टहरा ठड्याएका छन्। मन्दिरका नाममा रहेको साढे २७ रोपनी जग्गामध्ये केहीमा तरकारी खेती गरेका छन् भने केहीमा अन्नबाली।
यहाँ धान, गहुँ, मकैलगायत अन्नबाली उत्पादन हुन्छन्। माओवादीले सञ्चालन गरेको कम्युन र 'सहिद' परविारहरूले जग्गा प्रयोग गररिहेका छन्। कम्युन र सहिद परविारका ११ परविार मन्दिरको जग्गामा बसेका छन्। कम्युन अन्तर्गत भने ६५ जना 'सहिद' परविारका सदस्य र माओवादी कार्यकर्ता छन्। कम्युनले दुई रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको छ। बाँकी जग्गामा गहुँ खेती गरएिको छ। जग्गामा करबि सात सय सुन्तलाका रूख छन्। यही जग्गा माओवादीको छिपखोला कम्युनका लागि आम्दानीको प्रमुख स्रोत बनेको छ। विगत १० वर्षदेखि माओवादी कार्यकर्ताको हालीमुहाली चल्दै आएको छ, यहाँ।

मन्दिरका पुजारी डिल्लीप्रसाद शर्माका अनुसार, कब्जा गरएिको मन्दिरको जग्गामा करबि २ सय ५० मुरी धान फल्छ। वर्षमा चार क्विन्टलभन्दा बढी सुन्तला उत्पादन हुन्छ। "पटकपटक माओवादीलाई जग्गा फिर्ता गरििदन अनुरोध गर्‍यौँ तर नेताहरू प्रक्रिया मिलाएर फिर्ता गरििदने भन्छन्, गर्दैनन्।" जग्ग्ाा फिर्ताका लागि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा अनुरोध गरे पनि वास्ता नगरेको उनी बताउँछन्। पहिले गुठीको जग्गाबाट मन्दिरका दैनिक पूजापाठ र संरक्षणका काम हुन्थे। माओवादीले कब्जा गरेपछि मन्दिरको आयस्रोत मात्रै सुकेको छैन, खर्च धान्नसमेत गाह्रो भइरहेको पुजारी शर्माको भनाइ छ।

०५८ सालमा माओवादीद्वारा कब्जा गरएिको यस जग्गामा द्वन्द्वकालभर िमाओवादी जनसत्ताका जिल्लास्तरका निकायहरू थिए। शान्ति सम्झौतापछि माओवादीको जिल्ला कार्यालयले जग्गाको जिम्मा कम्युन र सहिद परविारहरूलाई दियो। द्वन्द्वको समयमा कब्जा गरएिका अरू सम्पत्तिहरू फिर्ता गरएि पनि मन्दिरको जग्गा फिर्ता नभएको माओवादीका जिल्ला इन्चार्ज सरुण बाठा बताउँछन्। कसैले मन्दिरको जग्गामा दाबी नगरेकाले फिर्ता नगरएिको उनको दाबी छ। भन्छन्, "सरकारी निकायहरू र मन्दिर व्यवस्थापन छलफलमा आएपछि मात्र जग्गाबारे प्रक्रिया अगाडि बढाउँछौँ।"

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out