पारसले भने, 'आँधीबेहरीले मलाई विचलित बनाउँदैन’

काठमाडौ, पुस ५ -  गोलीकाण्डमा पक्राउ परी छुटेका पूर्वयुवराज पारस शाहले आइतबार प्रेस विज्ञप्ति निकालेका छन् ।
घटना उल्लेख नगरी निकालेको उनको प्रेस विज्ञप्तिमा श्रद्धेय अभिभावक, अग्रज एवं आत्मीय नेपाली दिदीबहिनी तथा दाजुभाइ भनी सम्बोधन गरिएको छ ।
'राष्ट्रिय स्वतन्त्रता, अखण्डता र एकता प्रत्येक नेपाली नागरिकको प्राणभन्दा प्यारो हुन्छ । यही राष्ट्रिय नैसर्गिक स्पन्दन प्रत्येक नेपालीको मुटुको धडकन हो ।
जसले एउटा राष्ट्रिय स्वाभिमानसम्पन्न नेपाली हुनुको अनुभूतिले मलाई सधैं गौरवान्वित, प्रेरित र जागरुक बनाइराख्छ र राखिरहने छ,' उनले भनेका छन्, 'उल्लिखित पृष्ठभूमिमा मैले नेपाल र नेपाली जनतालाई पूर्ण सजगतासाथ आत्मबोध गरेको छु । एउटा स्वाभिमानी नेपाली हुनुको गौरवद्वारा म सदा अनुप्राणित र अभिप्रेरित भई नै रहेको छु र कुनै कस्तै आरोह/अवरोहद्वारा मेरो राष्ट्रप्रेमको अगाध श्रद्धा ओइलाउने छैन ।'
उनले राष्ट्रको सम्मान गर्ने कुरामा कस्तै आँधीबेहरी हुरीले समेत आफूलाई विचलित तुल्याउन नसक्ने बताएका छन् । 'सम्पूर्ण स्वदेश तथा विदेशबाट मलाई समर्थन गर्ने सबै आत्मीय नेपाली दाजुभाइ, दिदीबहिनीहरू, राजनीतिक दल, सञ्चारकर्मी, संघसंस्था, नागरिक समाज, कानुनविद् एवं सुरक्षा निकायलाई मप्रति दर्शाइएको असीम स्नेह र क्रियाशील सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछु,' शाहको विज्ञप्तिमा भनिएको छ, 'सधैं नेपाली जनताको राष्ट्रिय स्वाभिमान बचाइराख्ने कुरामा देश/विदेशमा जहाँसुकै रहेका भए पनि आमनेपाली जनताको क्रियाशील र वीरत्वपूर्ण सहभागिता रहनेछ भन्नेसमेत अपेक्षा व्यक्त गर्दै सबै
देशभक्त नेपालीलाई हार्दिक अभिवादन गर्छु - प्रकाशित मिति: २०६७ पुस ५ ०८:४७

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out