झारफुक गराउन गएकी महिला ‘बाबा’बाट बलात्कृत

एक महिला सन्तान प्राप्तीको रहरले गर्दा झाँक्रीको बलात्कारको शिकार - शुभ नारायण यादब सप्तरी,१६ मंसिर
सन्तान प्राप्तीका लागि झारफुक गराउन गएकी सप्तरीका एक महिला सोही झाक्रीबाट बलात्कृत भएकी छिन । सप्तरीको धर्मपुर गाविस–४ की राम थरकी एक महिला सन्तान प्राप्तीको रहरले गर्दा झाँक्रीको बलात्कारको शिकार भएकी हुन् । विवाह भएको १० वर्षसम्म पनि सन्तान नजन्मिएपछि छिमेकी गाविस दिघवा–४ घर भई हाल कंचनपुर गाविस–४ मा डेरा गरी बस्ने ३२ वर्षीय ‘बाबा’ भनिने दिनेश राम नाम गरेका झाँक्रीसँग बाँझोपनाको झारफुक गराउन खोज्दा ती २५ वर्षीया युवती बलात्कृत भएकी हुन् । झारफुक गर्ने बहानामा झाँक्रीले उनको कोठामै बलात्कार गरेका थिए ।
‘बाबा’ नामले चिनिने झाँक्री रामले उनका पति विरेन्द्र रामलाई ‘झारफुकमा बाधा पुग्छ’ भन्दै २ घण्टा कोठाबाट बाहिर बस्न लगाएर भित्रबाट चुकुल लगाएका थिए । त्यसपश्चात महिला रामको अन्तरड्ड वस्त्रहरु खोल्न लगाई शरीर भरी ‘टुना मुना’ गरिएको तेल लगाएका थिए । केही बेरपछि ‘बाबाको शक्ति’ देखा परेको भन्दै काम्दै उनले बलात्कार गरेको पीडित महिलाले बताइन् ।
चार दिन अघि भएको सो घटना लोक लाजका कारण लुकाई राखेकी ती युवतीले बुधबार पतिलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको हो ।
घटनाबारे छर–छिमेकको सहयोगमा पीडित महिला र उनका पति विरेन्द्र रामले ईलाका प्रहरी कार्यालय कंचनपुरमा उजुरी दिए लगत्तै ढोंगी बाबा रामलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक शिव मुखियाले यस अघि पनि ती ढोंगी बाबा रामले झारफुकको नाममा गाउँका केही युवतीहरुसँग यौन दुव्र्यवहार गरेको खुल्न आएको बताउनु भयो ।
आफ्नो अपराध स्वीकार गरिसकेका ढोंगी बाबा रामलाई बिहीबार जबर्जस्तीकरणी ऐन अन्तर्गतको मुद्दा चलाई कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक मुखियाले जानकारी दिनु भयो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out