पूर्वपतिको आलिङ्गनमा पूजा !

आफ्नो एल्बम 'कसरी सम्झाउँ'को रिलिजका क्रममा अभिनेत्री पूजा चन्दले चारवर्षअघि अलग्गिएका पूर्वपति सुरज चन्दसँग गेटुगेदर गरिन् । पूर्वपत्नीको निम्तोमा एल्बम लोकार्पण जमघटमा पुगेका सुरजलाई पूजाले आलिङ्गनमा बाँधिन् पनि । प्रतिक्रीयामा सुरजले सोधे -हाउ यू ? पूजाले जवाफ दिइन् -फाइन् । दुवैले चारवर्षपछिको भेटमा मीठो मुस्कान छरे र औपचारिक ग्रीटिङ्स आदानप्रदान गरे ।
सबैको अपेक्षा बिपरित पूजाको निम्तोमा सुरज त्यहाँ पुगे । समारोहको पछिल्लो भागमा साथीहरुसँग बसेका सुरज मन्चमा बसेकी पूजाको मुहारमा हेर्थे र साथीहरुसँग गफगाफ गर्थे । पूजाको आँखा पनि प्रायशः सुरज बसेको प्यासेजतिर तेर्सिन्थियो । एल्बमको शीर्ष गीत 'कसरी सम्झाउँ'को म्युजिक भिडियो रिलिज सकिने वित्तिकै सुरज मिडियाकर्मीको आँखा छलेर जमघटबाट बाहिरिएका थिए । जाने बेलामा स्वयम पूजासँग पनि उनले बिदा मागेनन् ।
अग्रभागमा बसेका निर्देशक दिनेश डिसीले पूजाका सबै गीत उनको वास्तविक जीवनसँग मिलेको भन्दै सुरजलाई जिस्काइरहेका थिए । एल्बम बिमोचन गरेका निर्देशक यादव खरेलले गीतको चर्चा गर्दा दुवैलाई उपस्थितहरुले मुखामुख पनि गरेका थिए । स्रोतका अनुसार चारवर्षपछि पूजा र सुरजको भेट भएको हो । अमेरिका फर्कनु साताअघि मात्र पूजाले दोस्रोपटक आफू गीतकार रहेको एल्बम 'कसरी सम्झाउँ' विमोचन गरेकी हुन् । दुईवर्षअघि अमेरिकामै एल्बम रिलिज भैसकेको थियो ।
यो एल्बमलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । दस गीत रहेको एल्बममा माया, बिछोड, देशप्रेम, दुःख र रोमान्टिक रचना छन् । पारिवारिक विछोडलाई खप्न नसकेर लेखेको गीत 'यो नौलो ठाउँ' पनि एल्बममा समावेश छ । एल्बममा सपनाश्री, रामकृष्ण ढकाल, रिमा गुरुङ, सुनिल बर्देवा, थुप्देन भुटिया, पवित्रा सुब्बा, इश्वर अमात्य, यम बराल र सन्जय खड्गीले स्वर दिएका छन् । संगीत अनिल शाही, न्यहू बज्राचार्य, शक्तिवल्लभ, राजु सिँह, सुनिल बर्देवा, सचिन सिँह र वीरेनकुमार शाक्यले संगीत दिएका छन् । म्युजिक भिडियो निर्देशन प्रसन्न पौडेलले गरेका हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out