प्रचण्डको यस्तो रहेछ भारतलाई भित्र्याउने प्लान

काठमाडौं । भारतलाई प्रधानशत्रु घोषणा गर्नुपर्छ। भारतविरुद्ध युद्धको तयारी गरेर राष्ट्रिय मुक्ति आन्दोलन छेड्नुपर्छ भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइले पालुङटार भेला मात्रै तताएन, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि यसको उत्तिकै चर्चा चलिरहेको छ। सुदसँग सुटुक्क भेट्ने, एसडी मुनीसित आफू भारतविरोधी नभएको सफाइ पेस गर्ने र कार्यकर्तासामु भने चर्को क्रान्तिकारी देखाउनैपर्ने उनको बानीलाई पार्टीभित्र लोकप्रियताका लागि मात्रै भनेर धेरैले आलोचना गरे पनि प्रचण्डका पछिल्ला भनाइ निकै गम्भीर रूपमा आइरहेको खुलासा गरेका छन्, एक पूर्वराजदूतले। त्यसको रहस्योद्घाटन गर्ने अरू कोही नभएर माओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईसित निकैपटक अन्तरंग गरेका नेपालका लागि फ्रान्सका पूर्वराजदूत मिसेल जोलिभे हुन्। उनले माओवादीले भारतीय हस्तक्षेप होस् भन्ने चाहेको अभिव्यक्ति दिएका छन्। सन् २००६ मा माओवादी शान्तिवार्तामा आएसागै पार्टी अध्यक्ष प्रचण्ड पनि सार्वजनिक भए। त्यसवेला विदेशी कूटनीतिज्ञमध्ये प्रचण्डसित वार्ता गर्नेमा प्रथमजस्तै थिए, जोलिभे। उनलाई माओवादीले त्यसरी रुचाउनुको कारण के थियो? माओवादी जनयुद्धका वेला उनले नेपाललाई गरेको बिर्सिनसक्नुको सहयोग। त्यतिवेला सडक(सडकमा मान्छे मारिन्थे। त्यसले उनलाई छुादैनथ्यो। उनी एक्लै डुल्थे सुरक्षा पनि नमागी। गाउा(गाउामा भिडन्त हुन्थे, तर उनले वास्ता गर्दैनथे। गाउाबाट सारा मानिस सहर पस्थे। उनी लाग्थे, पहाडतिर। अमेरिकी, बेलायती र अन्य मुलुकले ुलौ नेपालमा असुरक्षा छ, नजाऊु भनेर आफ्ना नागरिकलाई धमाधम सूचना जारी गर्दा उनीचाहिा हातमा लौरो लिएर अन्नपूर्ण र सगरमाथा अनि हेलम्बूतिर पैदल यात्रा गरी नेपालमा खतरा छ भन्नेलाई नै चुनौती दिन्थे। माओवादीबाट पर्यटकलाई कुनै असुरक्षा छैन भन्दै विज्ञप्ति जारी गर्थे। पेरिसस्थित आ136नै निवासमा यस संवाददातालाई निमन्त्रणा गरेका जोलिभेको खुला हुनासाथ प्रचण्डसित पटक(पटक छलफल भएको थियो। त्यसवेला उनले प्रचण्डलाई नेपाल गृहयुद्धमा जानसक्ने खतरा औँल्याएको बताए। भने, ुमैले उनलाई के भनेा भने नेपाल पहिले नै एकदम नाजुक अवस्थामा पुगिसकेको छ। यो गृहयुद्धले गर्दा देश टुक्रिनेछ अनि भारतले हडप्नेछ, अलि(अलि गरेर।' प्रचण्ड र बाबुराम भट्टराईसित पटक(पटक राजनीतिक छलफल गरेका, माओवादी बन्द, हडताल छेकबारका क्रममा पनि बिनासुरक्षा नेपालका गाउा(गाउा घुमेका, थुप्रै पदयात्रा गरेका र माओवादी नीति र सिद्धान्तबारे गहिरो अध्ययन गरेका उनले माओवादीले त्यतिवेला भारतीय सैन्य हस्तक्षेप चाहेको बताए। सैन्य तरिकाले नेपालजस्ता देशलाई नियन्त्रण गर्न भारतलाई सहज हुने, तर दीर्घकालीन रूपमा टिक्न धेरै गाह्रो र त्यसरी आक्रमण गर्दा त्यो युद्ध राष्ट्रिय मुक्ति आन्दोलनमा परिणत हुन्छ भन्ने आश प्रचण्डको रहेको बताउादै भने, ुयदि त्यस्तो हस्तक्षेप गरेको भए भारतको ठूलो गल्ती हुने थियो।ु प्रचण्डको आशा थियो, 'मार्क्सवादी(लेनिनवादी संघर्ष राष्ट्रिय मुक्ति आन्दोलनमा परिणत हुने थियो। अनि नेपालमा भारतीयको हालत पनि भियतनाममा अमेरिकाको जस्तै हुन्थ्यो।ु प्रचण्डको त्यो विचार उनको सही विश्लेषण भएको पनि सुनाए उनले। जोलिभेको बुझाइमा प्रचण्डको आशा भारतीय सैन्य हस्तक्षेपले सामान्य नागरिकमा भारतीय सैन्य कारबाहीविरुद्ध जागरण आन्दोलन उठाउने थियो। यदि, भारतले त्यसो गरेको भए गैरमाओवादी नागरिक पनि राष्ट्रिय युद्धमा सहभागी हुने थिए, भारतीय सेनालाई लखेट्न। तर, आफूले भारतीय सैन्य हस्तक्षेपको पृष्ठभूमि भने कहिल्यै महसुस नगरेको पनि उनले खुलाए। उनको बुझाइमा ती आएर उपत्यकालाई नियन्त्रणमा लिन सक्थे। तर, केका लागि? भारतसम्म जोडिएको खुला सडकमा त्यत्रा पुल छन्। घुम्ती र भिराला उत्तिकै छन्। उनीहरूलाई निकै मुस्किल पर्थ्यो। माओवादीका लागि सबैभन्दा सजिलो के हुन्थ्यो भने दुईवटा पुल भत्काइदिने वा राति गाउालेलाई ५० मिटर सडक भत्काउन लगाइदिने। भारत र नेपालबीचको मार्ग सुरक्षित राख्न सम्भव थिएन। उनले जोड दिए, 'त्यसैले भारतीय सैन्य हस्तक्षेप नेपालमा कहिल्यै टिक्दैन।' बरु भारतलाई नेपालमा हस्तक्षेप गर्न आउन जरुरी नै नभएको र नेपालले नै हस्तक्षेपका लागि बोलाउने गरेको आरोप पनि उनले लगाए। भने, 'भारतले नेपालमाथि सैनिक हस्तक्षेप गर्नै पर्दैन। नेपाल सरकारले नै वर्षको दुईपटक भीख मागिरहेछ विभिन्नखाले समस्या समाधान गर्न।' हरेक महिनाजस्तो भारतले हस्तक्षेप गर्योा भनेर कुर्लन्छन्, नेपालका नेता। भारतीय राजदूतले गर्दा, भारतीय प्रधानमन्त्रीले गर्दा, भारतले गर्दा भनेर नेपाली नेताले सधैँ कराउनु उनीहरूको कमजोरी हो। आफूहरू मिलेर आ136ना देशको समस्या हल गर्नूस् न, अरूले के गर्न सक्छ? काठमाडौं हुादा एकदम धेरै छलफल गरेछन्, उनले नेपालमा भारतीय चाख, हस्तक्षेपबारे। उसको परराष्ट्रनीति, नेपालमा उसको स्वार्थबारे थुपै्रै नेपाली दिग्गजसित वार्तालाप गरेछन्। उनको विचारमा भारतको पक्कै पनि नेपालमा आ136नै स्वार्थको परराष्ट्र नीति छ। आ136नो देश राम्रोसित हााक्न नसक्नुको परिणाम भारतलाई दोष दिनुचाहिा नेपाली नेताको कमजोरी रहेको उनलेे कुराकानीका क्रममा पटक(पटक उल्लेख गरे। नेपालका लागि भारत एकदम सजिलै उम्किन सकिने खोरको बाख्राजस्तै हो। तर, सबै असफलताका कारण नेपाली स्वयंले सत्ता चलाउन नसक्नुको परिणाम हो। केही गल्ती हुनासाथ ए, त्यो भारतले गर्दा हो भन्यो, या कुनै भारतीय नेतालाई दोष लगायो। त्यो त गम्भीर.... भएन नि! बरु नेपालले राम्रोसित सत्ता चलाउन सकेन भने नेपाल अलि(अलि गर्दै भारतको पञ्जामा पर्नेछ। आफूले त्यो यथार्थता बाबुराम र प्रचण्डलाई सुनाएको र उनीहरूले स्वीकार गरेको पनि खोले, 'मैले भन्दिएा, तपाईंहरूले राम्रोसित चलाउनुभएन भने बरु अलि(अलि गर्दै भारतको पञ्जामा पर्नेछ। उनीहरूले स्वीकार गरे मेरो कुरालाई।
माओवादी मार्क्सवाद, लेनिनवाद र माओवाद भनेर ज्यादै जोड दिन्छन्। दिइरहेका छन्। सन् १९८० ताकाको भियतनाम, कम्बोडियालगायतका थुप्रै कम्युनिस्ट मुलुकमा कूटनीतिज्ञ भएर अनुभव सँगालेका, देखे/भोगेका यिनको मूल्यांकन के होला नेपालका माओवादीबारे? माओवादी दस्ताबेजमा माओकालीन कम्युनिस्ट राज्यजस्तै बनाउने भनेर लेखिएको उनले पाएका हुन्। तर, व्यावहारिक रूपमा हेर्दा माओवादीलाई के थाहा थियो भने भारत र चीनबीचमा नेपाल तरुलझैँ छ। यस्तो अवस्थामा त्यस्तो राज्य टिकाउन सकिन्न भन्ने उनीहरूलाई राम्रो जानकारी छ। अनि नेपालको कारणले गर्दा भारत र चीनमा एक(अर्काबीचको असल सम्बन्धमा आाच आउन नदिने सुझबुझ रहेको पनि जोलिभेले सुनाए। मार्क्सवाद(लेनिनवाद एउटा सिद्धान्त भएकाले कम्युनिस्ट शासनको चर्को नारा उराल्नु जनतालाई आशा देखाउन आन्दोलित बनाउने र शक्ति जित्ने एउटा तरिका मात्रै भएको पनि जोलिभेले उल्लेख गरे। चीन, सोभियत रुसलगायतका देशमा शक्ति लिन यो तरिका निकै सफल, तर राज्य चलाउनका लागि भने नाटकीय रूपमा असफल भएको उदाहरणसमेत उनले दिए। माओवादीले पनि जनयुद्धका वेला आशा दिन त्यसलाई प्रयोग गरे। आफूले त्यो सबै प्रचण्डलाई व्याख्या गर्दा प्रतिवाद नगरेको बरु सहमतिमा टाउको हल्लाएको बताए। ुप्रचण्डलाई मैले सीधै भनिदिएँ कि तपाईंहरूले मार्क्सवाद र लेनिनवादको नारा उचाल्नुभएको छ, शक्ति लिनका लागि। सरकार बनाएपछि त्यसले काम गर्ने छैन। त्यो असफल हुनेछ। उनले होइन भन्न सकेनन्। बरु टाउको हल्लाइरहे।' नेपाल बस्दा माओवादी नेताहरूलाई कहिले भक्तपुर त कहिले विशालनगरस्थित आ136नै निवासमा बोलाएर खानपिन गर्ने राजदूत जोलिभेले माओवादीको पक्षमा पटक(पटक रिपोर्ट पेरिस पठाउन थालेपछि उनलाई उताबाट यसो नगर्न चेतावनी आएको थियो। त्यसपछि उनले आ136नै परराष्ट्र मन्त्रालयलाई १ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिवेदन नपठाई चुपचाप नेपालको कार्यकाल सकेर अवकाशप्राप्त गरेका थिए। ददि सापकोटा जनआस्था साप्ताहिक

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out