साहरुखको जवानी !

बलिउड बादशाह शाहरुख खान उमेरले ४५ लागे तर बढ्दो बुढेसकालसँगै किङखान जवानजस्ता पनि लाग्न थालेका छन् । उनका प्रशंसकहरुले समेत शाहरुखलाई झन-झन् तन्नेरीजस्तो देखिन लागेकोभन्दै ट्वीटरमा लेख्ने गरेका छन् । अक्सर हस्तीहरु आफ्नो लुक्सको राज बताउन मान्दैनन् वा भाग्छन् तर किङ्खानलाई यसो भन्नबाट कुनै कठिनाइ छैन ।
साहरुख भन्छन् 'म निकै कम खाना खान्छु । आवश्यकताभन्दा बढी खाँदिन । यसबाहेक धेरैथोरै आराम पनि गर्छु । अरुको बारे कहिल्यै पनि नराम्रो सोच्दिन । यसकारण वर्षेनी म जवान देखिदैं गइरहेको छु ।' शाहरुखले आफ्नो फिट्नेसको राज मुम्बइमा आयोजित 'एनर्जी ड्रीँक्स'को मेसोमा पत्रकारसँग गफिदैं बाँडेका हुन् । शाहरुख आफ्ना लागि सन् २०१० राम्रो रहेको बताउँछन् ।

यो वर्ष उनका दुई फिल्म 'माइ नेम इज खान' र 'दुल्हा मिल गया' प्रदर्शनमा आए । तर साहरुख साल फिल्मबाट नभएर जिन्दगीबाट राम्रो बन्ने बताउँछन् । उनी भन्छन् 'साँचो कुरा त यो हो कि साल फिल्मबाट होइन जिन्दगीबाट राम्रो हुन्छ । मेरो परिवार स्वस्थ, स्वच्छ र खुशि छ । म निकै राम्रो र आरामदायी महसुस गरिरहेको छु । आशा गर्छू कि आगामी साल पनि राम्रो र खुशिमा बित्नेछ ।'
यतिबेला साहरुख आफ्नो होमप्रोडक्सनको फिल्म 'रा.वन' समापन गर्नमा ब्यस्त छन् । भन्छन् 'फिल्ममा तीनचार दिनको सुटिङमात्र बाँकी छ । मलाई लाग्छ हामीले ठीकठाक ढंगले फिल्म बनाएका छौं । सबै परिवारलाई राम्रो लाग्ने फिल्म बनाउने कोसिस गरेको छु ।' फिल्मबाट मात्र होइन आगामी वर्षको आइपीएलमा पनि आफ्नो क्लव कोलकाता नाइट राइडस्रबाट पनि उनलाई आशा छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out