प्रबलको डिजाइनमा ब्रीटिश अभिनेत्री

अमेरिकी फस्टलेडी मिसेल ओवामालाई आफ्नो फेसन डिजाइन पहिराएर विश्वभरि चर्चा बटुलेका नेपाली युवा फेसन डिजाइनर प्रवल गुरुङ आइतबार राती लन्डनमा आयोजित ब्रीटिश इन्डिपेन्डेट फिल्म अवार्डसमा पनि सबैका आकर्षणका केन्द्र बने ।
किनकी प्रवलले तयार पारेको डिजाइन पहिरिएकी ब्रीटिश अभिनेत्री क्येरी मुलिगानको उपस्थितीले रेडकार्पेट नै झकिझकाउ बनेको थियो ।
'नेभर लेट मी गो' स्टार २५ वर्षिया क्येरीले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड थाप्दा प्रवलले डिजाइन गरेको आकर्षक रातो पहिरन लगाएकी थिइन् ।
'द किङ्स स्पिच'ले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेताका रुपमा आठवटा विधामा अवार्ड जित्दै क्येरीलाई चुनौति दिएको थियो । प्रवलको रातो डिजाइनमा हातमा कार्टियर रिङ ब्याग समातेकी क्येरीको लुक्स आकर्षक देखिन्थ्यो ।
क्येरीले रेडकार्पेटमा लगाएको डिजाइन मनपारेपछि ब्रीटिश मिडियाहरुले प्रवलको प्रशंसा गरेका थिए । काठमाण्डू नयाँ वानेश्वरका यी ठिटा लामो समयदेखि अमेरिकामा रहेर फेसन डिजाइनिङ गरिरहेका छन् । यतिबेला थुप्रै सुपर मोडलहरु प्रवलको डिजाइनमा सजिन मरिहत्ते गर्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out