एकैसाथ व्यस्त र खुशि -नम्रता श्रेष्ठ ।

एकैसाथ व्यस्त र खुशि यतिबेला कोही छ भने उत्तर हुन्छ -नम्रता श्रेष्ठ । 'सानो संसार' स्टार यतिबेला आफ्नो अगुवाइमा हुन लागेको आसन्न कन्सर्टलाई लिएर यति ब्यस्त छिन् कि बाँकी विश्व सोच्ने फुस्रद उनलाई छैन । खुशि यस अर्थमा कि निकै मिहेनत गरेर उनले गायक कुमार कान्छाको जीवनीमा आधारित डकुमेन्ट्री पनि निर्माण गरेकी छिन् । जसलाई हेर्न सकिनेछ -पाटनको म्युजियममा उनले आयोजना गर्ने वृहत कन्सर्टमा ।

'वास्तवमा हाम्रा कलाकारबीच युनिटी छैन भनेपनि हुन्छ' नेपाली सिनेमाकी बालाले भनिन् 'कलाकार हुनुको मर्मबोध गरेर मैले च्यारिटी कन्सर्ट गरेकी छु । यो कन्सर्ट कलाकारबीच पैदा हुने एकताको एउटा कोशढुंगा बन्ने आशा राखेकी छु ।' जीवनसँग संघर्ष गरिरहेका गायक कुमार कान्छाको उपचारका लागि आवश्यक अर्थ संकलनका लागि यी हिरोइनले कन्सर्ट गर्न लागेकी हुन् ।

कन्सर्टका लागि स्पोन्सर खोज्न तल्लीन छिन् उनी । नम्रताको कन्सर्टमा रामकृष्ण ढकाल, सुरेशकुमार, द युनिटी ब्यान्ड, हेमन्त राना, धर्मेन्द्र सेवाङ, श्रेया सोताङ, मल्लिका कार्की, अघोष ब्यान्डले गीतहरु प्रस्तुत गर्नेछन् । मुलुकबाहिर रहेकाले १९७४ एडीले भने गाउनेछैन । नम्रताका होस्टका रुपमा छन् आरजे प्रशान्त स्याङ्देन । नम्रता भन्छिन् 'कन्सर्ट मेरा लागि पब्लिसिटी होइन च्यारिटी हो ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out