पि्रयंका र लाराको दुस्मनी कायमै

एजेन्सी/ बलिउड अभिनेत्री पि्रयंका चोपडा र लारा दत्तबीचको दुस्मनी अहिलेसम्म पनि कायम छ ।
हाल जर्मनीमा शाहरुख खानका साथ डन-२ फिल्मको सुटिङमा व्यस्त रहेका यी दुई अभिनेत्रीले सुटिङ सेटमा एक-अर्काको खबर सोध्नु त परको कुरा हो, हेलो-हाइसम्म पनि नगर्ने गरेको एजेन्सीले उल्लेख गरेका छन् । उनीहरू एक-अर्काको आमनेसामने पर्नसमेत हिच्किचाउँछन् ।
सुटिङमा पि्रयंका र लाराबीचको मनमुटाव मेटाउनका लागि फिल्मका निर्देशक फरहान अख्तर र अभिनेता शाहरुखले समेत कोसिस गरे । तर, उनीहरूको कोसिस नकाम भयो । सौन्दर्य प्रतियोगिताका बखत सुरु भएको पि्रयंका र लाराबीच दुस्मनी अहिलेसम्म पनि अन्त्य हुन सकेको छैन । उनीहरू दुवैले अन्दाज फिल्मबाट अभिनेत्रीको करिअर सुरु गरेका थिए ।
उनीहरूको दुस्मनीका कारण अन्दाजका निर्देशक राज कुँवरले समेत तनाव झेल्नुपरेको थियो ।
त्यतिवेला पि्रयंका र लाराले पनि आफूहरू आगामी दिनमा कहिल्यै पनि सँगै काम नगर्ने कसम खाएका थिए । तर, डन-२ मा शाहरुखसँग काम गर्ने मौका मिलेपछि उनीहरूले आँखा चिम्लिएर फिल्म साइन गरेका हुन् । स्रोतका अनुसार डन-२ मा निर्देशक फरहानले लारालाई महत्त्वपूर्ण रोल दिएका छन् । डनमा भएको अर्जुन रामपालको भूमिका भने हटाइएको छ । निर्देशक फरहान पनि लारा र पि्रयंकाबीचको मनमुटावबारे बेखबर थिए ।
पि्रयंका डन-२ मा लारा पनि छिन् भन्ने खबर थाहा पाएपछि तनावग्रस्त भएकी थिइन् । तर, उनले निर्देशकसँग गुनासो भने गरिनन् । सुटिङमा उनीहरूको शत्रुता समाप्त गर्ने कोसिस अहिलेसम्म सफल भएको छैन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out