रगत संकलनमा हिरोइन

अभिनेत्री पूजना प्रधान विभिन्न कारणले गसिप पेजकी खुराक बनिरहेकी हुन्छिन् । कहिले जयसंगत अभियान, कहिले चामल जोगाउँ अभियान, कहिले बालआश्रम स्थापना र कहिले एडप्सन यस्तै यस्तै । पछिल्लोपटक भने यी जयसंगत हिरोइन रगत संकलनको कार्यमा जुटिरहेकी छिन् । राजधानीका ब्लडबैंकमा रगत अभाव भएको थाहा पाएपछि पूजना रगत संकलनमा लागेकी हुन् । आगामी माघ १० गते उनले बत्तिसपुतलीस्थित आश्रममा रक्तदान कार्यक्रम नै आयोजना गरेकी छिन् । 'ब्लडबैंकमा रगत अभाव भएको थाहा पाएपछि रगत संकलन गर्ने काममा लागेकी हुँ' नयाँ योजनाबारे सुटिङ हुँदै गरेको चलचित्र 'गर्व'की लभरगर्लले भनिन् 'यो पनि एउटा समाजसेवा हो भन्ने लाग्यो किनभने रगतको आपतमा परेका व्यक्तिलाई यो विशिष्ठ सहयोग हुन्छ भन्ने ठानेकी छु ।' यसका लागि चलचित्र कलाकार र सर्वसाधारणलाई रक्तदान गर्न आग्रह गर्दै उनले एसएमएस अभियान नै थालेकी छिन् । दुईहजार जनाबाट रगत संकलन गर्ने लक्ष्य छ उनको ।
समाजसेवाको श्रृङ्खला यत्तिकैमा टुंगिएको छैन पूजनाको । आगामी पुस १० गते उनी चितवनमा निर्माण गरिने आर्यघाटका लागि रकम जुटाउन त्यता लाग्दैछिन् । पुस १४ गते कल्चर सोका लागि खाडीको दोहा उड्दै छिन् । उनी अभिनित 'गर्व' यतिबेला सुटिङको क्रममा छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out