वेभसाइटहरु बिरुद्ध प्रीति अदालतमा

मुम्बई, मंसिर २१ - बलिउडकी 'डिम्पल गर्ल' प्रीति जिन्टा सुन्दरताका लागि मात्र नभई निडर र स्पष्ट वक्ताको रूपमा चिनिन्छिन् । जहिले पनि न्यायको पक्षमा बोल्ने दृढता व्यक्त गरेकी नायिकाले आफ्नैबारे गलत हल्ला चलाइदिएपछि त झन् चुप लाग्ने कुरै भएन । उनले इमेज बिगारिदिन अफवाह फैलाएको भन्दै केही वेबसाइटमाथि अदालतमा मुद्दा हालेकी छन् ।
'कल हो ना हो' स्टार प्रीति आफ्नो दशक लामो बलिउड यात्रामा विभिन्न विवाद र रोमान्टिक लिंकअपबाट गुज्रेकी छन् । सेलिबि्रटी भएपछि चल्ने त्यस्ता हल्लाबारे उनले त्यति मतलब दिएकी थिइनन् पनि । तर पछिल्लोपटक चलेको हल्लामा नायिकाले 'लागूऔषधको प्रयोग गरेको' केही वेबसाइटले दाबी गरेपछि भने प्रीतिको पारो तातेको हो । त्यही भएर उनले ती वेबसाइटविरुद्ध कानुनी कदम चालेकी हुन् । गलत तथा निराधार समाचार छापेर आफ्नो सार्वजनिक इमेजमा दाग लगाइदिएको भन्दै नायिकाले उनीहरूबाट करोडौंको क्षतिपूर्ति दाबी गरेको स्रोतले बतायो ।
केही दिनअघि प्रीतिले कोकिनजस्तो लागूपदार्थ प्रयोग गरेको हल्ला चैतेडँढेलोझैं इन्टरनेटमा फैलिएको थियो । उनीहरूले नायिकाको नाम र फोटो लागूपदार्थ डिलरको मोबाइल चिपमा भेटिएको दाबी गरेका थिए ।
साथै उनी अमेरिकामा लागूपदार्थको कुलतबाट बच्न पुनःस्थापना केन्द्रमा भर्नासमेत भएको लेखेका थिए । यस्ता गलत दाबीबाट रुष्ट भएकी ३४ वर्षीया प्रीतिले जे-पायो त्यही लेख्नेहरूलाई पाठ सिकाउन मुद्दा हालेको बताइएको छ ।
'ती वेबसाइटले दाबी गरेर लेखेका कुनै पनि कार्यमा म संलग्न छैन,' रिसाएकी प्रीतिले भनिन्, 'तिनीहरूले निराधार कुरा छापेर मेरो इमेजमा धब्बा लगाइदिने दुष्प्रयास गरेका छन् ।' उनले यी सबै हल्ला 'दिल्लीमा बस्ने एक व्यक्तिले' सुरु गरेको समेत बताइन् । मुम्बई अदालतमा मुद्दा परेपछि त्यस्ता हल्ला फैलाउने वेबसाइटहरूले प्रीतिसँग माफी मागेका थिए । तर, अझै रुष्ट नायिकाले उनीहरूलाई माफी नदिएर क्षतिपूर्तिको दाबी गरेकी छन् ।
केही वर्षदेखि फिल्ममा भन्दा व्यवसायमा ध्यान दिएकी प्रीति फेरि बलिउड फर्किने तरखरमा छिन् । आफ्नो रोजाइको फिल्म छान्ने क्रममा रहेकी उनले फिल्मी करिअरका साथै विभिन्न सामाजिक अभियानमा पनि चासो दिइरहेकी छन् । एचआईभी एड्स, बाघ संरक्षणको वक्ताका रूपमा सक्रिय रहेकी यी सिम्ला सुन्दरी हिमाञ्चल प्रदेशको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बासडर पनि भएकी छन् ।
प्रकाशित मिति: २०६७ मंसिर २१ १२:०३

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out