कानुनी फन्दामा याना

मुम्बई (एजेन्सी), मंसिर १९ -  फिल्मी गीत 'बाबुजी जरा धिरे चलो...' मा आइटम डान्समार्फत दशकअघि मोडल याना गुप्ताले रातारात बलिउड तताएकी थिइन् । उनैका कारण साता दिनदेखि भारतीय फिल्मनगरी फेरि तमतमाएको छ । यसपटक यी चेक-इन्डियन मोडलको आइटम डान्सले नभई उनको फेसनका कारण । पछिल्लो फेसन-स्टन्टले उनलाई विवादमा मात्र पारेको छैन, अदालतसम्म तानेको छ ।

बालबालिकाका लागि आयोजित च्यारिटी समारोहमा सहभागी यानाको 'फेसन मालफङ्सन' भएपछि अहिले भारतभर हो-हल्ला फैलेको छ । त्यो समारोहमा याना छोटो पहिरनमा थिइन्, तर भित्री कपडाविहीन रूपमा । तस्बिरहरूबाट त्यो रहस्य खुलेपछि उनी विवादमा परेकी हुन् । सुरुमा 'फेसन मालफङ्सन' भएको भनिए पनि पछि उनले सबैको ध्यान आफूतिर तान्न 'फेसन-स्टन्ट' गरेको आरोप लागेको छ ।
'दम' फिल्मको उक्त आइटम गीतमा सेक्सी नृत्य गरेपछि सुरु भएको यानाको सफलता धेरै लामो समय टिक्न सकेन ।
मनोरञ्जन क्षेत्रबाट ओझेल पर्दै गएकी आफूप्रति सबैको ध्यानाकर्षण गर्न ३१ वर्षीया मोडलले त्यस्तो निन्दनीय तरिका अपनाएको अड्कल लगाइएको छ । कारण जे भए पनि सार्वजनिक स्थलमा अश्लीलता फैलाएको भन्दै एक सोसल एक्टिभिस्टले उनका विरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । मुद्दामा फोटोग्राफर पनि तानिएका छन् ।
ट्याबलोइडमा यानाको अन्तःवस्त्रविहीन फोटो देखेपछि आफू चकित भएको ती एक्टिभिस्टले बताएका छन् । सार्वजनिक समारोहमा भएको उक्त 'फेसन मालफङ्सन' बारेको प्रश्नमा यानाले मस्किँदै आफू 'नो-प्यान्टी गर्ल' भएको बताएपछि अहमदले भारतीय समाज र संस्कृतिलाई थप अपमान गरेको उल्लेख गरेका छन् । आफूले अदालतको चक्कर लगाउनुपर्ने भएपछि यानाले यसबारे भने मुख खोलेकी छैनन् ।
भित्री कपडा नभएर समारोहमा देखिने मामिलामा याना पहिलो भने होइनन्् । केही समयअघि मात्र 'फरेब' नायिका समिता सेट्टीको त्यस्तै खालको फोटो सार्वजनिक भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out