समिक्षा : धर्मा

चलचित्र : धर्मा
कलाकार : मनिषा कोइराला, राजेश हमाल, निखिल उप्रेती, अनु शाह, शंकर आचार्य
निर्देशक : दीपेन्द्र के. खनाल
निर्माता : दुर्गा पोखरेल (पीएचडी)
कथा/संवाद : उगेश रायमाझी
पटकथा : दीपेन्द्र के. खनाल
संगीत : हरि लम्साल
छायांकार : राजुविक्रम थापा
द्वन्द्व : सूर्य थोकर
नृत्य : रिनशा राई/कृष्ण अछामी
अवधि : २ घण्टा २० मिनेट
बजेट : १ करोड रुपैंया सर्टिफिकेट : पीजी
वितरक : डिजिटल सिनेमा नेपाल
रिलिज : २४ मंसिर (मध्य र पश्चिम)/३० मंसिर (पूर्व)
रेटिङ : ३.५
'धर्म'को अस्तित्व नै संकटमा परे विकल्प के ?' दीपेन्द्र के. खनाल निर्देशित चलचित्र 'धर्मा' भन्छ -न्यायका लागि हिँसा पनि जायज हुन्छ ।' मार्क्स् बाद निकट लाग्ने यो उक्तिलाई चलचित्र 'धर्मा'ले आधुनिक महाभारतको सारसँग वर्णन गरेको छ । दोस्रो प्रोजेक्टका रुपमा दीपेन्द्रले राम्रो कमर्सियल र फर्मुला चलचित्र पस्किएका छन् । सिनेमा हेर्दा यस्तो लाग्छ -निर्देशकले फिल्म मेकिङका कैंयन कडा नियमहरु पनि तोडेका छन् जुन कथित मुलधारका नेपाली सिनेमामा विरलै पाइन्छ ।
मुलत मधेश, तराइ र चुरे पहाडका जंगलबाट भैरहेको काठ तस्करी, बन फँडानी, लोपोन्मुख एकसिङगे गैंडाको खाग, रक्तचन्दन पैठारी, अपराधी तथा तस्करलाई संरक्षण दिने राजनीतिक दलहरु, त्यसको चपेटामा परेका देशभक्त कर्मचारी, कर्मचारीतन्त्र, दल र प्रहरीमा ब्याप्त घुसखोरीको यथार्थलाई चलचित्रले उठान गरेको छ । कथाभित्र लुकेका प्रेम, अवसाद, मनोदशा र मनोरन्जनका आयामलाई निर्देशकले सशक्तरुपमा प्रस्तुत गरेका छन् । 'साँघुरो' मनोरन्जनमा सीमित नेपाली कमर्सियल चलचित्रको तुलनामा 'धर्मा' माथि उठेको छ । बलिउड बाला मनिषाको जबर्जस्त कमब्याक चलचित्रको महत्वपूर्ण पक्षँ हो ।
कथा : धर्मा (राजेश हमाल) वन अधिकृत हो । गौरी (मनिषा कोइराला) धर्माकी मायालु पत्नी । अभय (संयोग) धर्माको भाइ र दिया (अनु शाह) धर्माकी साली । वनफँडानी र तस्करीलाई रोक्न धर्मा अधिकृतका रुपमा कालिवन सरुवा हुन्छ र तस्करी रोक्ने मिसन थाल्छ । कालीवन यस्तो घनाजंगल जहाँ प्रहरी इन्स्पेक्टर दण्डपाणी (शंकर आचार्य) मुख्य तस्कर (माधव आचार्य)सँग मिलेर लाखौं क्युफिट काठ, अवैध पैठार र जंगल फँडानी गर्नमा सहयोग पुर्‍याइरहेको हुन्छ । दण्डपाणीले यसो गर्नमा तस्करबाट लाखौं घुस पाइरहेको हुन्छ । ऊ घुसविरोधी आफ्नै असइको हत्या गर्छ र दोष चाहिँ धर्मालाई लगाउँछ । झूठो मुद्दामा धर्मालाई फसाएर प्रहरी हिरासतमा थुनिन्छ । निर्मम यातना दिइन्छ । यातना र उपचार नपाएर धर्माको मृत्यु हुन्छ । धर्माको भाइ अभय आफ्ना दाजुको बदला लिन र भ्रष्टाचारीलाई छानी-छानी हत्या गर्न थाल्छ । दाजुको रिहाइका लागि मन्त्रालयदेखि वन कार्यालयसम्म दौडधुप गर्दा घुस लिने कर्मचारीलाई सिध्याउँदै हिँडेको अभय दियालाई निकै माया गर्छ । तर ऊ मायाभन्दा आफ्नो दाजुको संकल्प पुरा गर्न तरबार उठाएर लागिपर्छ । धर्माकी विधवी गौरीको अठोट पनि लोग्नेको हत्यामा संलग्नलाई दण्ड दिनु हुन्छ । कथा अघि बढ्दै जाँदा प्रहरी डिएसपी (निखिल उप्रेती) श्रृङ्खलाबद्ध हत्याका घटनाको अनुसन्धान गर्दै जाँदा कालिवन पुग्छ र धर्मा मारिनुको यथार्थ तथ्य पत्ता लगाउँछ । ऊ पनि प्रहरी ड्रेसको आवरणमा तस्करसँग मिलेको आफ्नै इन्सपेक्टर र तस्करहरुविरुद्ध लाग्छ । अन्त्यमा गुन्डाहरुले कब्जामा लिएकी गौरीले दुर्गाशन शैलीमा मुख्य तस्कर जसले लोग्नेको हत्या गरेको थियो उसलाई तरबारले बदला लिन्छे । अभय, दिया र गौरीलाई लाग्छ धर्माको चाहना पुरा भयो । अन्त्यमा गौरी भन्छे -एउटा धर्माको हत्या गरेर हुँदैन । भोली हजारौं धर्माहरु जन्मन्छन् ।'
निर्देशन : चलचित्र मेकिङको सबैभन्दा बलियो पक्ष भनेको पटकथा हो । यति बलियो 'स्क्रिनप्ले' कि चलचित्रले सबै दर्शकलाई 'होल्ड' गर्ने सामथ्र्य राख्छ । जटिल कथा र उपकथालाई सुललित, सहज र सरस शैलीमा प्रस्तुत गरिएको छ । प्रत्येक नयाँ पटकथाले दर्शकमा उद्देलना र कौतुहलता पैदा गर्छ । द्धन्द्धको विकास पैदा गर्न निर्देशकले पर्याप्त मिहेनत गरेका छन् । सिङ्गो कथाभित्र मानवीय संवेदना र स्वभावलाई गजबले चित्रण गरिएको छ जसका कारण एकछिन पनि दर्शकको 'सेन्टिमेन्ट' भंग हुने परिस्थिती बन्दैन । 'फाइट' र 'कन्फ्लिक्ट' दुवैलाई निर्देशकले सँगै गति दिएका छन् । सम्पादनको 'प्लेसमेन्ट'ले पनि निर्देशकीय पक्षलाई सघाउ पुर्‍याएको छ ।
अभिनय : बलिउड स्टार मनिषाले 'ट्रेडमार्क' मुस्कानमै कमब्याक गरेकी छिन् । मायालु पत्नी र गृहणीका रुपमा मनिषाको अभिनय 'लाउड' छ । 'मल्टिडायमेन्सन' चरित्रका रुपमा महानायक हमालको अभिनय फिट छ । एक्सनमा निखिल उप्रेती जमेका छन् । नयाँ हिरोका रुपमा संयोगको अभिनय पनि नयाँ नै छ । उत्तराद्र्धको लिडिङ क्यारेक्टरका रुपमा संयोगले मिहेनत गरेका छन् तर अझै गर्नुपथ्र्यो । अनु शाह छोटो भूमिकामा राम्री छिन् । शंकर र माधव आचार्य खलपात्रका रुपमा राम्रा छन् । रेजिना उप्रेतीको आइटम डान्सले 'दबङको मुन्नी बदनाम'को झल्को दिन्छ । सिनेम्याट्रोग्राफी, कस्ट्युम डिजाइन, ब्याकग्राउन्ड म्युजिक, लाइटिङ, मेकअप पात्र र कथानुकूल छन् ।
संगीत : 'यो मनको खाली पानामा', 'मान्दैन..मान्दैन'लगायतका गीतहरु रिलिज अगावै चर्चित भैसकेका थिए । हरि लम्सालले चलचित्रको संगीतमा दम भरेका छन् । सबै गीतहरु कर्णप्रिय र जुरुकजुरुक पार्ने खालका छन् । रेजिना उप्रेतीको आइटम डान्स 'बबाल' छ । पटकथानुसार गीतहरुको 'प्लेसमेन्ट' उपयुक्त छ । गीतका शब्दमा दुर्गा पोखरेल र संजीव थापाले मीठास भरेका छन् । रिनशा र कृष्णको कोरियोग्राफीले डान्सको अपेक्षालाई पुरा गरेको छ । 'राइ इज किङ'को स्वरले लठ्ठ तुल्याउँछ ।
किन हेर्नुपर्छ ?: लामो समयपछि मनिषाको कमब्याक । नेपाली राजनीति र परिवेश सान्दर्भिक सशक्त कथा । दीपेन्द्रको नयाँ निर्देशकीय प्रयोग । रेजिनाको आइटम डान्स दर्शनिय छन् । खासगरी मल्टिस्टारकास्टको अभिनय चलचित्र हेर्नैपर्ने पक्ष हो । अन्य राम्रा पक्षहरु हेर्नका लागि थिएटरसम्म पुग्नैपर्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out