अन्जु मानिनन् हिरोइन बन्न

गायकहरु धमाधम नायक बन्ने ट्रेन्ड चलिरहेको बेला लोकप्रिय पाश्र्वगायिका अन्जु पन्त भने बेग्लै रुपमा दरिइन् । कारण -यी कोकिलकण्ठी गायिकाले उक्त ट्रेन्डलाई चुनौति दिँदै सोलो हिरोइन बन्न निर्देशकले गरेको आग्रहलाई अस्वीकार गरिदिएकी छिन् । डेब्यु निर्देशक गोविन्द गौतमले आफ्नो पहिलो प्रोजेक्ट 'सिन्दुर'मा हिरोइन बन्न अन्जुलाई प्रपोज गरेका थिए । अन्जुले हरियो झन्डा नदेखाएपछि गौतमले विकल्पमा नवनायिका जेनिसा केसीलाई 'इन्ट्री' गराए ।
'गायिकाका रुपमा मेरो काम राम्रो भैरहेको थियो' पति मनोजसँग मिलेर रिलिज गर्न लागेको 'डिबट एल्बम'को तयारीमा जुटेकी अन्जुले मेरोसिनेमासँग भनिन् 'अभिनयमा हात हालेर आफूलाई बिगार्न चाहिन ।' अन्जुको हिट गीत 'न बिर्सें तिमीलाई…'लाई मुम्बईमा सुनेर प्रभावित भएका निर्देशक गौतमले नेपाल फर्कने वित्तिकै अन्जुलाई नायिका बनाउँछु भनेर मानसिकता बनाएका थिए । 'तर सबै विधामा आ-आफ्नै ठाउँमा उत्कृष्ट छन् भन्ने लागेपछि हिरोइन बनेर बराल्लिन मन लागेन' अन्जुको कथन छ ।

अन्जुलाई चारवर्ष अगाडि देखिनै हो रे हिरोइन बन्न अफर आएको । 'तर संगीतमै म यतिविधि लागेकीं दुनियाँका अरु चीज नै बिसर्िदिएँ' भन्छिन् 'हिरोइन बनेको भए संगीतको फाँटमा म अन्जु पन्त हुने थिएँ कि थिइँन आफै जान्नुस ।' हिरोइन बन्ने आकर्षक अफर अस्वीकार गर्ने अन्जुको कुरालाई गायकबाट नायक बनेकाहरुले कसरी लिने हुन् प्रतिकि्रया आउन बाँकी नै छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out