पाका दम्पतीलाई यौन शिक्षा

मोटी मोडलः सधैं पातली महिलालाई मात्र लक्षित गरेर फेसन शो भएपछि मोटी महिलाहरूको फेसन चाहना अधुरो हुँदै आएको थियो । सिंगापुरको एक फेसन हाउसले मोटी महिलाहरूलाई लक्षित गरेर नयाँ डिजाइनका पहिरनहरू मोटी मोडललाई नै प्रयोग गरेर प्रदर्शन गर्‍यो ।
 पारपाचुकेको संख्या घटाउन मलेसियाको उत्तरी भेगमा अवस्थित टेरेनगानु राज्यमा पाका दम्पतीहरूलाई यौन शिक्षा दिन थालिएको छ । यो शिक्षाअन्तर्गत उनीहरूलाई यौन आचरणको शिक्षा प्रदान गरिनुका साथै निःशुल्क हनिमुनको व्यवस्थासमेत गरिएको छ ।
एक साताको यो यौन कक्षाको मुख्य उद्देश्य उनीहरूमा यौनचाहना जगाउनु हो । अधिकांश पाका दम्पती अलग सुत्छन्, जसका कारण उनीहरूबीच शारीरिक सम्बन्ध कायम नहुँदा उनीहरूको अन्य सम्बन्ध पनि बिग्रँदै जान्छ । यही कारणले उनीहरू पारपाचुके गर्ने अवस्थामा समेत पुग्ने गरेका छन् । राज्यको परिवार विकास संघका प्रमुख मोहम्मद सफरुद्धिनका अनुसार यो शिक्षाअन्तर्गत दम्पतीहरूलाई यौनचाहना बढाउने उपाय मात्र सिकाइँदैन, उनीहरूका समस्या बुझेर औषधीसमेत उपलब्ध गराइन्छ ।

मलेसिया मुस्लिम राष्ट्र भएका कारण यौन शिक्षा लागू गर्न कठिन छ, तर पछिल्लो पटक पारपाचुके गर्ने अवस्थामा पुगेका १० जोडी दम्पतीलाई यौन परामर्श दिएपछि सात जोडी नयाँ विवाहित जोडीका रूपमा घर फर्किएका थिए ।

गत वर्ष यही संस्थाले नयाँ विवाहित जोडीहरूलाई पनि विवाहपछिको यौनसम्बन्धले पार्ने प्रभावका विषयमा परामर्श कक्षा सञ्चालन गरेको थियो । उक्त कक्षामा उनीहरूलाई कामोत्तेजना बढाउने सुगन्ध, पहिरन, सँगै निर्वस्त्र स्नान गर्नेजस्ता कुरा सिकाइएको थियो । अहिले राज्य सरकारले स्थानीय सौन्दर्य प्रसाधन विक्रेताहरूलाई जोडीहरूले प्रयोग गर्ने सुगन्धको बिक्री बढाउन अनुरोध गरेको छ । शरीरबाट दुर्गन्ध आएकै कारण पनि कतिपय दम्पतीको सम्बन्ध बिगि्रएको पाइन्छ ।

अहिले परामर्शमा आउने पाका दम्पतीहरूलाई दुई रात तीन दिनको निःशुल्क हनिमुन प्याकेजको व्यवस्था मिलाइएको छ । समुद्री तट र द्वीपमा मनाइने दोस्रो हनिमुनको प्याकेजमा पनि उनीहरूलाई यौन परामर्श प्रदान गरिन्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out