के यही माया हो ?

अहिले निर्माण भइरहेका अधिकांश चलचित्रहरूको शीर्षकमा ‘माया’ शब्द जोडिएको पाइन्छ । के यही माया हो ? पनि एउटा यस्तै उदाहरण हो । चलचित्रको शीर्षकले नै कथा मायाप्रीतिमा आधारित रहेको बताउँछ ।  प्रेमकथामा आधारित यस चलचित्रले उत्तरआधुनिक समाजमा देखापरेको ‘लिभिङ टुगेदर’ अर्थात् विवाह बिना नै महिला र पुरुष एक साथ बस्ने फेसनलाई पर्दामा उतार्ने प्रयास गर्दैछ । आर्यन सिग्देल, अरुणिमा लम्साल र सौगात मल्ल र सुषमा मल्लको प्रमुख भूमिका रहेको यस चलचित्रलाई ‘मेरो एउटा साथी छ’का निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन् ।
खासै चल्तीमा नरहेकी सुषमालाई निर्देशक थापाले प्राथमिकता दिएर चलचित्रमा अवसर दिनुलाई सबैले ‘भित्री कुरा’ भनेका छन् । क्षमता भएर पनि आफ्नो अहम्ताका कारण निर्माता/निर्देशकको रोजाइमा नपरेकी सुषमालाई थापाले आफ्नो लिस्टमा राख्नुमा दुईबीचको हिमचिम नै हो ।
 भन्नेहरूले त यी दुईबीच इलुइलु चलेको पनि भन्छन् । वास्तविकता के हो ? के यही माया हो ? वा गफ मात्र हो, यो त उनीहरूले नै बताउँलान् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out