आयो पूजा चन्दको भिडियो

पूजा चन्द अब अभिनेत्री र गीतकारका रुपमा मात्र सीमित रहिनन् रजतपतकी पुरानी अभिनेत्री म्युजिक भिडियोमा पनि मोडलिङ गर्दैछिन् । आफैले निर्माण गर्न लागेको उक्त भिडियोमा पूजाले अभिनय गर्नेछिन् ।

नेपालमा रिलिज हुन लागेको पूजाको एल्बम 'कसरी सम्झाउँ'को शीर्ष गीतलाई म्युजिक भिडियोमा रुपान्तरण गर्न लागिएको हो । जसलाई निर्देशन गर्दैछन् अपकमिङ सांगीतिक चलचित्र 'स्वर'का निर्देशक प्रसन्न पौडेलले ।अमेरिकास्थित पूजा इन्टरनेटमेन्ट कम्पनीले निर्माण गर्ने म्युजिक भिडियो र एल्बमको विक्री, वितरण म्युजिक नेपालले गर्नेछ । पूजाको अपोजिट मोडल भने तय भैसकेका छन् । जसमा एक नयाँ अनुहारकी मोडललाई पनि देख्न पाइनेछ । लामो समयपछि अमेरिकाबाट नेपाल फर्किएकी पूजा काठमाण्डूमै एल्बम रिलिज र म्युजिक भिडियो बनाउन चाहन्थिन् । म्युजिक भिडियोका रुपमा उनले उक्त एल्बममा सपनाश्रीले गाएको थिमसङलाई रोजिन् । जुन गीतमा संगीत दिएका छन् अनिल शाहीले ।

केही समयमा अमेरिका फर्कने तयारीमा रहेकी पूजा तत्कालै चलचित्र खेल्ने मुडमा भने छैनन् । काठमाण्डू आएदेखि उनी माइती र आफन्तको भेटघाटमै व्यस्त छिन् । पूजाजी रजतपटमा कमब्याक गर्ने कि अब म्युजिक भिडियोमै रमाइरहने ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out