झरनाले छाडिन् सिनेमा

नेपाली सिनेमाका लागि दुःखद खबर -अभिनेत्री झरना बज्राचार्यले आइन्दा कुनैपनि ब्यावसायिक सिनेमा नखेल्ने घोषणा गरेकी छिन् । पछिल्लो प्रोजेक्ट 'कोही…मेरो'पछि निष्क्रियप्रायः पूर्वमिस नेपालले मेरोसिनेमासँग भनिन् 'अबदेखि म कुनैपनि कमर्सियल सिनेमाहरु गर्दिन । यसलाई मेरो सन्यास नै मान्नुस ।' यद्यपी अफविट र लघुचलचित्रका विकल्पहरु भने खुला राखेकी छिन् उनले । भनिन् 'पछिल्लो सट्फिल्म पनि साथीको दवावमा गरेकी हुँ । मेरो रुचि थिएन ।'
'वास्तवमा सिनेमा खेल्ने कुराप्रति मभित्र इच्छाशक्ति र रुचि नै छैन' झरनाले भनिन् 'त्यसमा पनि कमर्सियल सिनेमाहरु त गर्दिन ।' चलचित्रप्रति आफ्नो आशक्ति र लगाव टुटेको उनको भनाई छ । 'राम्रो पाए अफविट फिल्महरु गर्छु तर अफविट फिल्म पनि गर्ने इच्छाशक्ति नै छैन' भन्छिन् 'यसलाई मैले फिल्म लाइन छाडेको मान्नुस ।' कमर्सियल चलचित्र नखेल्ने अभिव्यक्तका कारण भने उनले खुलाइनन् । आफ्नो पस्रनल वेभसाइटमा पनि उनले आफू अन्जानवश नै सिनेमामा लागेको स्वीकारोक्ती उल्लेख गरेकी छन् ।
चलचित्र 'हतियार'बाट रजतपट डेब्यु गरेकी झरनाद्धारा अभिनित 'कोही…मेरो' पछिल्लो ब्यावसायिक सिनेमा हो । जुन सिनेमा पनि उनले साथी निर्देशक आलोक नेम्वाङको दवावमा खेलेकी थिइन् । झरना पछिल्लो समय घरमै रहेर अध्यात्मिक जीवन जिइरहेकी छिन् भने समाजसेवामा पनि उत्तिकै सक्रीय छिन् । अघिल्लो महिना उनी खाँदबारी पुगेर पुस्तकालय स्थापनामा सहयोग गरिन् भने अन्य स्थानमा पनि पुस्तकालय खोल्न सक्रीय छिन् । एउटा ग्लोबल फाउन्डेसन रुम टु रीडमार्फत उनी शिक्षासेवामा सक्रीय छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out